होमपेज / स्थानीय

तुलसीपुरमा १० जनामा कोरोना पुष्टि

  छिटो खबर २०७७ चैत्र ३१ गते मंगलबार ०९:२१:५० मा प्रकाशित

नवीन कुमार खड्का                                                          चैत ३१, दाङ । 

दाङकाे तुलसीपुरमा एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालगञ्ज मेडिकल कलेज तथा काठमाडौं मेडिकल कलेजमा गरिएको पीसीआर परीक्षणका क्रममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरपालिका ले जनाएकाे छ ।

संक्रमण पुष्टि हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का पाँच जना, वडा नम्बर १३ का दुइ जना, वडा नम्बर २, १० र १२ का एक/एक जना रहेका छन् ।

संक्रमित मध्ये ४ जना कोरोना अस्पताल बेलझुण्डीको आईसोलेसनमा पठाएको छ भने २ जनालाइ भेरी अस्पतालको आईसोलेसनमा भर्ना गरिएको छ ।

यो संगै तुलसीपुरमा अहिले कोरोनाको सक्रिय संक्रमितको संख्या २२ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top