होमपेज / स्थानीय

सल्यानमा झगडा पर्दा भतिजले कान खाइदिए

  छिटो खबर २०७८ बैशाख ८ गते बुधबार १७:१५:२१ मा प्रकाशित

बैशाख ८, सल्यान ।

सल्यानमा एकजना भतिज नाता पर्ने युवाले ठुलाबुबा नाता पर्नेको कान टोकेर खाएका छन् ।

जिल्लाको कालिमाटी गाउँपालिका वडा नम्बर १ हिंआरे निवासी २१ वर्षका खिम बहादुर कवरले ५६ वर्षका ठुलाबुबा नाता पर्ने धनबहादुर कवरको कान टोकेर खाएका हुन् ।

मंगलबार बारीमा बाख्राले अन्न खाएको विषयलाई लिएर भतिज र ठुलाबुबाको झगडा सुरु भएको थियो । त्यसपछि भतिजले आफुलाई पिटेर कान टोकिदिएको धनबहादुरले बताएका छन् ।

अंगभंग कसुरमा धनबहादुरले प्रहरीमम जाहेरी दिएपछि खिम बहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता अर्जुन पौडेलले बताए । उनलाई अहिले अनुसन्धानका लागि इप्रका लुहाममा राखिएको छ ।

यस अघि आरोपित खिम बहादुरका बुबाको पनि पीडित धनबहादुरले कान टोकिदिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top