होमपेज / स्थानीय

दाङ्गमा पुन : २१ जना सङ्क्रमित थपिए

  छिटो खबर २०७८ बैशाख ८ गते बुधबार १८:१४:१५ मा प्रकाशित

नवीन कुमार खडका, तुलसीपुर, ८ बैशाख ।
तुलसीपुरमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगाएतका विभिन्न अस्पतालमा २३ जना म गरिएको कोरोना परिक्षणमा तुलसीपुरका २१ जनाको रिपोट पोजेटिभ आएको तुलसीपुर उपमहानगरपालिका कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन ।
उहाका अनुसार संक्रमित हुनेमा १८ जना पुरुष र ३ जना महिला रहेका छन् ।

 जसमा तुलसीपुर ६ का १२ जना, ५ का २ जना, १५ का २ जना, १८ का १ जना, १९ का १ जना, १० का १ जना, २ का १ जना , १ का १ जनामा कोरोना पुष्टि भएको हो । यसरी संक्रमित हुनेमा तिन जना भारतबाट घर आएका र तुलसीपुरको एक कलेजका प्रिन्सिपल समेत रहेका छन । यो संगै तुलसीपुरमा संक्रिय संक्रमित हुनेको संख्या ९६ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top