होमपेज / स्थानीय

छत्रेश्वरिमा अत्यावश्यक बाहेकका सेवा बन्द

  छिटो खबर २०७८ बैशाख १२ गते आइतबार २०:५५:१८ मा प्रकाशित

बैशाख १२, सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिकाको कार्यालयले दिने सेवा ५ दिनको लागि बन्द गरिएको छ । गत वर्ष कोरोना नियन्त्रणमा उत्कृष्ट देखिएको गाउँपालिकाले यस वर्ष पनि महामारी उग्र रुपमा नफैलियोस भनेर अत्यावश्यक बाहेकका सेवा हरु बन्द गरेको बताइएको छ ।

गाउँपालिकामा कार्यरत केहि कर्मचारीलाई कोरोना संक्रमण पोजिटिभ देखिएपछि बैशाख १३ गतेदेखि १७ गते सम्मलाई गाउँपालिकाको अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरिएको हो।

आइतबार अध्यक्ष सन्तोष केसीले एक प्रेस बिज्ञप्ति जारी गर्दै गाउँपालिकाको सेवा बन्द गरिएको जानकारी गराएका हुन ।         हेर्नुहोस बिज्ञप्त्ति - 

प्रतिक्रिया

सम्बन्धित खवर

Top