होमपेज / स्थानीय

छत्रेश्वरिमा आयो ३० सिलिन्डर अक्सिजन : पालिकाको कोभिड अस्पताल अब २० बेडको पुर्याइने

  छिटो खबर २०७८ जेठ २ गते आइतबार १९:१८:५९ मा प्रकाशित

२ जेठ, सल्यान :
सल्यानको छत्रेश्वरि गाउँपालिकाले थप ३० थान अक्सिजन सिलिन्डर ल्याएको छ। कोभिड अस्पतालका लागि गाउँपालिकाले मगाएको सिलिन्डर आइतबार  कार्यालयमा आइपुगेको हो । 

महामारीको रुपमा फैलिएको कोरोना भाइरस आफ्नो पालिकाभित्र  फैलिएको र उपचार गर्न अक्सिजन अभाव हुन सक्ने हुदा अक्सिजन सिलिन्डर ल्याइएको गाउँपालिका अध्यक्ष सन्तोष केसिले बताए।

कोरोना सन्क्रमितले अक्सिजन अभाबमा ज्यान गुमाउन नपरोस् भन्ने आफ्नो उद्देश्य रहेको अध्यक्ष केसिले बताए। हाललाई प्रयाप्त अक्सिजन आएको छ" अक्सिजनको अभाबमा गाउँपालिकाबासिको ज्यान जान नदिने उनले बताए। आबस्यकता अनुसार अरु सिलिन्डर थपिने अध्यक्ष केसिको भनाई छ।

गाउँपालिकाले ३ लाख ७८ हजार ८ सय रुपैयामा बिरगंजबाट अक्सिजन ल्याएर नेपालगंजबाट भरेर ल्याएको हो। गाउँपालिकाको भोटेचौरमा रहेको कोभिड अस्पतालमा थप अक्सिजन जडान गरिने तयारी गाउँपालिकाले गरेको छ। अक्सिजन सिलिन्डर आएसगै १० बेडको रहेको उक्त अस्पताललाई बेड थपगरी शोमबार २० बेडको बनाइने निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रकास दाहालले बताए।

सात थान अक्सिजनबाट सेवा दिदै आएको कोभिड अस्पतालमा बिरामिहरुको दिनप्रतिन चाप बढ्दै गएको छ। हाल रहेका ७ थान अक्सिजनबाट कोभिड संक्रमीत बिरामिहरुलाई पालैपालो अक्सिजन लगाउदै गरेको भएतापनी थप आएको अक्सिजनले उपचार गर्न थप सहज हुने अस्पतालका डाक्टर प्रोशेष सिंहले बताए। थपिएका सम्पुर्ण बेडमा अक्सिजन जोडिने उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top