होमपेज / स्थानीय

खरिद प्रक्रियाको सम्पूर्ण सूचना उपलव्ध गराउन महासंघको माग 

  छिटो खबर २०७८ जेठ ३ गते सोमबार १०:०६:२२ मा प्रकाशित

जेठ ३, सल्यान । 
स्वास्थ्य कार्यालय सल्यानले अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर जडान गरे पछि कार्यालयको बदनियत रहेका भन्दै व्यापक आलोचना तथा विरोध भईरहेको छ । यसै सन्दर्भमा कार्यालयले लाखौं बजेट हिनामिना गर्ने दुराशय राखेर अक्सिजन प्लान्टको साटो कन्सन्ट्रेटर जडान गरेको भन्दै पत्रकार महासंघ सल्यानले खरिद प्रक्रिया सम्वन्धी सम्पूर्ण सूचना उपलव्ध गराउन माग गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै महासंघले महामारीको बेलामा यस्तो बदनियत पूर्ण कार्य गर्नेहरु लाई यथाशिघ्र कार्वाही गर्न माग गरेको छ । 
नागरिकको स्वास्थ्य प्रतित गम्भीर भई निष्ठापूर्वक काम गर्नुपर्ने घडीमा यस्तो दुराशय राखेर लाखौं घोटाला गर्नेहरुका सम्वन्धमा वास्तविकता र यथार्थता केलाई सार्वजनिक गर्न पनि छानविन समिति सँग महासंघले अनुरोध गरेको छ । 
अस्पतालमा विभिन्न अभियान्ता, दाता तथा सहयोगीहरुले स्वास्थ्य सामाग्रीहरु एवम् सिलिन्डरहरु हस्तान्तरण गर्दै आएको उल्लेख गर्दै अक्सिजन सिसिलन्डरको यथार्थ संख्या सार्वजनिक गर्न पनि विज्ञप्ति मार्फत अस्पताल सँग अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top