होमपेज / स्थानीय

अस्पतालमा जोडिएको मेशिन बारे बोल्न चाहँदैनन् अधिकारीहरु : के छ रहस्य ?

  छिटो खबर २०७८ जेठ ५ गते बुधबार १८:१९:१९ मा प्रकाशित

जेठ ४, सल्यान ।
सल्यान अस्पतालमा अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर जडान भएको समाचार बाहिर आएपछि अहिले सल्यान सबै समाचार माध्यहरुको केन्द्र विन्दुमा रहेको छ । पुस १३ गते अक्सिजन प्लान्टको लागि टेन्डर गरेर अर्के मेशिन जडान गरेपछि सम्वन्धित पक्षहरुको कुरा पनि एक आपसमा बाझिन थालेको छ । प्राप्त तथ्यहरुको आधारमा खरिद प्रक्रियामा मिलेमतो नै रहेको कुरा घाम जस्तै छर्लङ्ग छ । तर अधिकारी हरु यस बारे बोल्न चाहँदैनन् । 
बुधबार कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको एक टोलीले अस्पतालमा जडान गरिएको प्रविधिको सम्वन्धमा अनुगमन तथा निरीक्षण गरको छ । अनुगमन टोलीमा मन्त्रालय अन्तर्गत स्वास्थ्य शाखा प्रमुख लक्ष्मी नारायण तिवारी र बायोमेडिकल इन्जिनियर सौरभ सिंजापति लगायत समावेश रहेका थिए । अनुगमन पश्चात पत्रकार हरु सँग कुरा गर्दा टोली प्रमुख तिवारीले आफुहरु प्रविधि जडान लगायत अस्पतालको अन्य अवस्था समेत अनुगमन गर्न आएको बताए । तर उनले अस्पतालमा जडान गरिएको प्रविधि बारे खुलेर बोल्न चाहेनन् । जडान गरिएको प्रविधी चाहीँ के देख्नुभयो त ? अक्सिजन प्लान्ट वा कन्सन्ट्रेटर ? भन्ने पत्रकारहरुको जवाफमा उनले अध्ययन प्रतिवेदन तयार भए पश्चात मात्रै यस बारेमा बोल्ने बताएका छन् । प्रविधि खरिद प्रक्रिया र यसमा सहभागी दोषीहरुको सम्वन्धमा हामी प्रतिवेदन पर्खन्छौं, तर तपाईहरुले यो प्रविधि चाहीँ के हो भनेर नाम सम्म किन भन्न नसक्ने ? भन्ने प्रश्नमा पनि उनले आलटालमै जवाफ दिएका छन् । बरु उनले यो प्रविधिले पनि राम्रो काम गरेको भन्न भ्याएका छन् । प्रविधिले काम गर्नु वा नगर्नु भन्दा पनि स्वास्थ्य कार्याालयको अनियमिता र दुराशयको विषय महत्वपूर्ण हो नि भन्ने प्रश्नको जवाफमा उनले विभिन्न तह बाट छानविन भइरहेको र दोषीलाइ कार्वाहरु हुने आश्वासन दिएका छन् । 
पत्रकारहरु सँग कुरा गर्नु भन्दा पहिले स्वास्थ्य कार्यालय प्रमुख सँग बसेर छलफल गरेका उनले कार्यालय प्रमुख सँग अन्य विषयमा छलफल भएको बताएका छन् । 
यस सम्वन्धमा बायोमेडिकल इन्जिनियर सिंजापति सँग प्रश्न गर्दा उनले पनि अहिले केही नबोल्ने र प्रतिवेदन तयार भए पश्चात जानकारी गराउने बताएका छन् । 
यसरी पत्रकारहरुले जिज्ञासा राख्दा विषय विज्ञहरुले प्रविधिको नाम उच्चारण गर्न नसक्नुले विभिन्न आशंकाहरु उब्जिएको छ ।  
यता सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बनेको छानविन समितिमा सदस्य रहेका बायोमेडिकलन इन्जिनियर आइ नसकेको हुँदा समितिको काम कार्यवाही अगाडी बढ्न नसकेको श्रोतले बताएको छ । मंगलबार मानवअधिकार कर्मीहरु र राजनैतिक दलका भ्रातृ संगठनहरु बाट ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले छिटटै अध्ययन प्रतिवेदन सार्वजनिक हुने बताएका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top