होमपेज / स्थानीय

पहिलो चरणमा ५१२ जनाको परिक्षण : ९२ जनामा पोजिटिभ

  छिटो खबर २०७८ जेठ ९ गते आइतबार ०९:०५:५० मा प्रकाशित

९ जेठ, सल्यान :
छत्रेश्वरि गाउँपालिकाले ४ दिनको अबधिमा ५ सय ११ जनाको निशुल्क  एन्टिजेन बिधीद्वारा कोरोना परिक्षण गरेको छ। 

कोरोना रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यका साथ गाउँपालिकाले प्रत्येक वडामा गएर प्रत्येक वडा एन्टिजेन परिक्षण, औषधि वितरण तथा परामर्श कार्यक्रम सम्पन्न गरेको निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रेमप्रकाश दाहालले बताए।सातै वडाको परिक्षणका क्रममा ९२ जना स्थानीय नागरिक हरुमा कोरोना पोजेटिभ संक्रमण पुष्टि समेत भएको छ। अति संक्रमीत ५ जनालाई उपचारका लागि कोभिड अस्पताल भोटेचौरमा भर्ना गरिएको गाउँपालिका अध्यक्ष सन्तोष केसिले बताए।

कोरोना संक्रमीत हरुलाई निशुल्क आबस्यक औषधि समेत वितरण गरिएको छ। उनिहरुलाई स्वास्थ्यकर्मीको टोलिले परामर्श समेत गरेको छ। संक्रमितहरु अहिले होम आइसोलेसनमा बसेको डाक्टर प्रोशेष सिंहले बताए। संक्रमीत हरुलाई फोनबाट थप परामर्शदिने उनले बताए।जनताको अभिमतबाट निर्वाचित हामी जनप्रतिनिधि हौं"जस्तो सुकै संकटकाबेला समेत नागरिकको साथमा हामी रहनुपर्छ भन्दै अध्यक्ष केसीले जुनसुकै अबस्थामापनि जनतालाई सहयोग गर्ने बताए। जनताप्रति उत्तरदाई हुनुनै जनप्रतिनिधिको काम भएको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top