होमपेज / स्थानीय

सल्यान बाट नेपालगन्ज जाँदै गरेको बस दुर्घटना : १७ जना घाइते

  छिटो खबर २०७८ असार १५ गते मंगलबार २१:०१:३९ मा प्रकाशित

तुलसीपुर, १५ असार । दाङ सल्यान सडकखण्ड अन्र्तगत तुलसीपुर ३ शिरखोलामा यात्रु बाहक बस दुर्घटना भएको छ ।

सल्यान देखी बाँकेको नेपालगन्ज तर्फ जादै गरेको रा १ ख २४३९ नम्वरको बस बेलुकी साढे छ बजेतिर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

यात्रुबहाक बस दुर्घटना हुँदा १७ जना यात्रु घाईते भएका छन् । घाईतहरुको अबस्था सामान्य रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले बताए ।

प्रहरीका अनुसार घाईतेहरुको अवस्था सामान्य र मध्यम रहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक झलक प्रसाद शर्माले बताए । बस सडक देखी झन्डै ५० मिटर तल खसेर दुर्घटना भएको छ ।  दुर्घटनाको कारण भने खुलेको छैन । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top