होमपेज / स्थानीय

ब्लात्कारको आरोपमा सल्यानमा एक वडा सचिव हिरासतमा

  छिटो खबर २०७८ असार २७ गते आइतबार २३:३४:३० मा प्रकाशित

२७ असार, सल्यान :
बालिकालाई जबर्जस्ति बलात्कारको प्रयास गरेको आरोपमा सल्यानका एक वडा सचिव पक्राउ परेका छ्न।

प्रहरीले जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर ५ का वडा सचिव अमर कालाथोकीलाई पक्राउ गरेको हो । १८ वर्षीया स्थानिय एक बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ गरिएको प्रहरिले बताएको छ।

सचिवले गत १९ गते वडा कार्यालयमा नै बलात्कारको प्रयास गरेका थिए। बालिकाले २४ गतेमात्र परिवारलाई जानकारी गराएपछि परिवारले प्रहरिमा जाहेरी दिएको थियो। परिवारको जाहेरी पछि २४ गते सचिबलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताए।

वडा कार्यालयको पेटिमा बसेर मोबाइल चलाइरहेकी ती बालिकालाई सचीव कालाथोकीले आफ्नो कार्यकक्षमा बोलाएका थिए। त्यो लगत्तै उनले बालिकालाई जबर्जस्ति बलात्कार गर्न खोजेको प्रहरिले बताएको छ।

पक्राउ परेका  कालाथोकीलाई जिल्ला अदालत सल्यानबाट १५ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय लुहामको हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top