होमपेज / अन्तराष्ट्रिय

सोमालियामा अलसबाबको आक्रमण ५ आक्रमणकारी सहित १६ जनाको मृत्यु

  छिटो खबर २०७७ भाद्र १ गते सोमबार ०९:२८:२२ मा प्रकाशित

सोमालियाको सशस्त्र समूह अल-सबाबका लडाकुहरूले एक होटलमा गरेको आक्रमणमा एक प्रहरीसहित १० सर्वसाधारण मारिएका छन्।

राजधानी मोगादिसूको समुन्द्री किनारमा रहेको इलाइट होटलमा उनीहरूले आक्रमण गरेको एएफपीले त्यहाँको सुरक्षा श्रोतलाई उदृत गर्दै जनाएको छ।

उनीहरूले होटलमा बम तथा बन्दुकले हमला गरेका थिए।

आक्रमणपछि सो होटललाई सुरक्षा निकायले चार घण्टापछि पुनः आफ्नो नियन्त्रणमा लिएको थियो।

सो होटलमा आइतबार साँझ अल-सबाबका पाँच लडाकुले सो होटलमा आक्रमण गरेका थिए। होटललाई अल-सबाबका लडाकुबाट मुक्त गर्ने क्रममा भएको भिडन्तमा ती पाँचै आक्रमणकारी मारिएका छन्।

घटनामा २८ जना घाइते भएको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top