होमपेज / अन्तराष्ट्रिय
काठमाडौ । नेपाललाई विश्व बैँकले ४२ अर्ब रूपैयाँआर्थिक सहयोग गर्ने गरी दुई सम्झौतामा हस्ताक्षर भएको छ । शहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरण सहितकोभिड– १९ पछिको उत्थानशील पुर्नउत्थानका पहललाई टेवा पु¥याउन नेपाल सरकार र विश्व बैंकबीच छुट्टाछुट्टै दुई सम्झौतामा हस्ताक्षर भएको हो । नेपालशहरी शासकीय सुधार र पूर्वाधार आयोजना र ‘आर्थिक वृद्धिका लागिवित्त’विकास नीति सहायता सम्बन्धी सम्झौतामा अर्थ सचिवशिशिरकुमार ढुङ्गाना र माल्दिभ्स, नेपाल र श्रीलङ्काकालागिविश्व बैंकका राष्ट्रिय निर्देशकफारिस हदादजर्भोसले हस्ताक्षर गरेका छन् । अर्थ मन्त्रालयमाआज हस्ताक्षरपछि निकालिएको संयुक्त प्रेस विज्ञप्ति अनुसार १५ करोड अमेरिकी डलर अर्थात करिब १८ अर्ब बराबरको नेपाल शहरी शासकीय सुधार र पूर्वाधार आयोजनाले दुई रणनितिक शहरी समूह अवस्थित ३३ नगरपालिकालाई सहयोग गर्नेछ।आयोजनाले कार्यक्षेत्र अन्तर्गतका नगरपालिका र त्यहाँ बसोबास गर्ने नागरिकहरुको प्राथमिकताको आधारमा लक्षीत शहरका रणनितिक पूर्वाधारमा नेपालमा पहिलो पटक अनुदान स्रोतको सुनिश्चितता सहित आर्थिक सहयोग पुर्याउने छ।साथै सानाखालक श्रम केन्द्रित सार्वजनिक निर्माण कार्यलगायतमा आर्थिक सहयोग पुर्याइनेछ।