होमपेज / प्रबिधि
छत्रेश्वोरीको पर्यटकिय स्थल चाँदनी साततले गुफामा सोलार जडान गरिएको छ । जिल्लाको छत्रेश्वरी गाउपालिका वडा नम्वर ५ लेखपोखरामा रहेको पर्यटकिय स्थल चाँदनी साततले गुफा भित्र सोलार जडान गरिएको हो । छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ को आर्थिक सहयोगमा ५५ वाटको सोलार जडान गरिएको हो ।
अहिले गुफा भित्र सौर्य ऊर्जा सोलार जडान गरिएसँगै पर्यटकहरुलाई गुफा भित्र घुम्न तथा अवलोकन गर्न सजिलो भएको छ । बिगतमा गुफा भित्र प्रवेश गर्दा सोलार, बिद्युत्त कुनै नहुदाँ समस्या हुने गथ्र्यो ।
चालु आर्थिक बर्षको रु. ७५ हजार बजेटबाट सोलार सँगै बिभिन्न मूर्तीहरु पनि स्थापना गरिएको हो । ‘गुफामा प्राकृतिक रुपमा बनेका देवीदेवताका बिभिन्न मूर्ती तथा आकृतिहरु रहेका छन् ।
गुफा भित्र ढुंगे मादल, चमेरा, देवीदेवताका आकृतिहरु रहेका छन् भने चाँदी जस्तै टल्कने ढुंगाहरु पनि रहेका छन् ।
यस गुफा सँगै यहाँ सिद्ध बाबाको मन्दिर, ढकढके ढुंगा, ढुंगेपानी, नाग ढुंगा लगाएतका पर्यटकिय स्थानहरु रहेका छन् । पछिल्लो समय चाँदनी साततले गुफा पर्यटकहरुको रोजाई बन्दै गएको छ । साथै यस गुफाको संरक्षण सँगै प्रचारप्रसार गर्न सरोकारवाला निकायहरुले पहल गर्नुपर्ने स्थानियको माग छ ।