होमपेज / राजनीति

ओलिको कार्ड : माधवलाइ अध्यक्ष र बामदेबलाई प्रधानमन्त्री

  छिटो खबर २०७७ बैशाख १८ गते बिहीबार ०९:५३:५० मा प्रकाशित

१७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी सकिएपछि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अघि सारेका छन् । साथै पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने उनको प्रस्ताव छ ।

ओलीले अहिले भने प्रधानमन्त्री वा अध्यक्ष कुनै पनि पद त्याग गर्न तयार नभएको बताएका छन् । अहिले आफूले पद त्याग्नु जगहँसाइ मात्र हुने उनको तर्क छ ।
सरकारले राम्रो काम गरेको भन्दै ओलीले राम्रा कामको बचाऊ सबै पार्टी नेताहरुले गर्नुपर्ने बैठकमा बताए ।

सरकार फेर्नु नै पर्ने भए कोरोना भाइरसको संकट सकिएपछि पार्टी उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउन आफू तयार रहेको उनले बताए । यसका लागि राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुनसक्ने गरी संविधान संशोधन गर्न वा प्रतिनिधिसभाको कुनै एक सिट खाली गरेर बामदेवलाई ल्याउन आफू तयार रहेको उनको भनाइ थियो ।

साथै पार्टीमा तीन अध्यक्ष रहने व्यवस्था गरेर माधवकुमार नेपाललाई ल्याउने उनको प्रस्ताव थियो । उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएका सबै आरोप खारेज गर्ने समेत उनले बताएको नेकपा उच्च स्रोतले अनलाइनखबरलाई बतायो ।

पार्टी एकताको भाव मार्नुभयो, प्रधानमन्त्री त्याग्दा राम्रो : प्रचण्ड

ओलीभन्दा अगाडि बोलेका नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीमाथि पार्टी एकताविरुद्ध सक्रिय भएको आरोप लगाएका थिए । पार्टी एकतापछि केन्द्रीय समितिको बैठकलगत्तै ओलीले गुटको भेला गरेर एकताविरोधी काम गरेको तर आफूहरु एकताको त्यान्द्रो समातेर बसेको प्रचण्डले बैठकमा बताए ।

उनले ओलीलाई प्रधानमन्त्री पद त्याग गर्दा राम्रो हुन्छ भनेर सल्लाह दिएको स्रोतको दाबी छ । निकै कडारुपमा प्रस्तुत भएका प्रचण्डले प्रधानमन्त्री ओलीलाई महाथिर वा लि क्वान यू बन्छु भन्ने भ्रम नपाल्ल सल्लाह दिएका छन् । बैठकमा प्रचण्डले भने, ‘म भएको भएइ यस्तोबेलामा प्रधानमन्त्रीबाट राजीनामा दिने थिएँ, बरु राजीनामा गरेपछि जनतामा हाइहाई भइने थियो ।’

तर ओलीले आफू हटेर पुराना नेतालाई प्रधानमन्त्री बनाउनु भन्दा बरु वामदेवजीलाई बनाऔं भन्ने प्रस्ताव गरेपछि अरु नेताहरु पनि बोलेका थिए ।

वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले सरकार र पार्टी दुबैको नेतृत्व गर्न नसकेको बताए । अर्का वरिष्ठ नेता झलनाथ खनालले अध्यादेश खारेज भए पनि जनतामा आक्रोश बाँकी नै रहेको बताए । साथै उनले पार्टी कमिटीले राजीनामा दिन भनेमा प्रधानमन्त्री ओलीले त्यसलाई स्वीकार गर्नुपर्ने बताए । बैठकमा खनालले भने, ‘पार्टीले निर्णय गरेपछि कसैले पनि मान्दिनँ भन्न पाइन्न ।’

उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री एवं अध्यक्ष ओलीको प्रस्ताव आफूले पत्याइनसकेको बताए । तर, यसले ओली प्रधानमन्त्रीबाट राजीनामा दिन तयार रहेको भन्ने बुझिएको भन्दै गौतमले यसलाई सकारात्मकरुपमा लिनुपर्ने बैठकमा बताए ।

बामदेवलाई प्रधानमन्त्री बनाउने ओलीको प्रस्तावमा ईश्वर पोखरेल र विष्णु पौडेल दुबैले समर्थन जनाएका छन् । पोखरेलले प्रधानमन्त्री ओलीको प्रस्तावको समर्थन गर्दै त्यसविपरीत जान खोजे प्रतिवाद गर्ने चेतावनी दिए । महासचिव पौडेलले ओलीको प्रस्ताव समस्या समाधानको उपाय हुन सक्ने बताए ।

अर्का सचिवालय सदस्य रामबहादुर थापा बादलले भने प्रधानमन्त्री ओलीले राजीनामा दिन नहुने धारणा बैठकमा राखेका छन् । तर, उनले बामदेवलाई प्रधानमन्त्री बनाउने ओलीको प्रस्ताव उपयुक्त नभएको धारणा राखेको स्रोतको भनाइ छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी विधि र सिद्धान्तअनुसार चल्नुपर्ने र एकता जोगाउनुपर्ने बताए ।

ओली इतरको समूहले के गर्ला ?

विवादास्पद अध्यादेश ल्याएसँगै नेकपामा प्रधानमन्त्री ओली एक्लिएका थिए । सचिवालयमा समेत उनी अल्पमतमा परेका थिए ।

उनले वरिष्ठ नेता नेपाललाई अर्ली महाधिवेशन गरेर अध्यक्ष बनाउने, मन्त्री तथा मुख्यमन्त्री फेर्ने लगायतका अफर दिएर आफूतिर तान्ने प्रयास गरेका थिए । त्यो असफल भएपछि आफूनिकट सांसदहरुको हस्ताक्षर संकलनसमेत गराएका थिए ।

प्रचण्ड र माधव नेपाल समूहले प्रधानमन्त्री ओली सहमतिमा आए माधव नेपाललाई अध्यक्ष छाड्नुपर्ने, नभए दुबै पद गुम्न सक्ने बताएको थियो । तर, बुधबार साँझ बालुवाटारमा बसेको सचिवालय बैठकमा माधव नेपाल र बामदेव गौतम दुबैलाई लोभ्याउने कार्ड फाल्न सफल प्रधानमन्त्री ओली भएका छन् ।

वामदेवलाई प्रधानमन्त्री बनाउने केपी ओलीको हठात् प्रस्तावले ओली इतर समूहको एकता कायमै रहन्छ वा बिथोलिन्छ भन्ने प्रश्न जन्मिएको छ ।

स्रोतका अनुसार वैशाख २० गते अर्को बैठक बस्नुपूर्व हुने छलफलहरुमा यसको प्रष्ट तस्वीर आउने छ । यदि ओली, बामदेव र माधव नेपाल एकातिर भएमा नेकपामा एक्लिने पालो 

प्रतिक्रिया

सम्बन्धित खवर

Top