होमपेज / राजनीति

३९ अैां स्मृति दिवस : सल्यान कांग्रेसकाे विचार गोष्ठि सम्पन्न

  छिटो खबर २०७७ श्रावण ६ गते मंगलबार १९:४७:३१ मा प्रकाशित

६ साउन, सल्यान : 

आज ३९ अैां विपी स्मृति दिवस । नेपाली कांग्रेसले देश भरी  जननेता विपी काेइराला प्रति श्रद्धान्जली तथा सम्मान व्यक्त गरेकाे छ । यसै क्रममा नेपाली कांग्रेस सल्यानले पनि एक कार्यक्रम गर्दै जननायक विपि कोइरालाको ३९ औ स्मृति दिबस मनाएको छ। कांग्रेस सल्यानले काेईरालाको स्मृति दिवसको अबसर पारेर समासामयिक अबस्था विषयक बिचार गोष्ठि सम्पन्न गरेको हो।

नेपाली कांग्रेसका निवर्तमान केन्द्रिय सदस्य डिल्लीराज रेग्मिको प्रमुख आतिथ्यतामा सम्पन्न बिचार गोष्ठीमा बोल्दै नेताहरुले विपिको जीवनी र याेगदानकाे बारेमा चर्चा गरेका थिए। बिपिले गरेका क्रीयाकलापको चर्चा गर्दै नेताहरुले बिपिको मार्ग निर्देशन अनुसार पार्टी चल्न नसकेको प्रती चिन्ता ब्यक्त गरेका छन् । विपि कोईराला नेपाली कांग्रेसका नेता मात्र नभै सबैकाे मार्ग दर्शक  भएको उनिहरुले बताएका छन। विपिका कारण नेपाल र नेपाली जनतालाई बिश्वले चिनेको बताउदै नेताहरुले विपिकाे जस्तै असल संस्कार र प्रचुर ज्ञान सबैमा हुनुपर्नेमा जाेड दिएका छन। भोलि आउने पिढिलाई विपिका असल गुणहरु सिकाउनु पर्नेमा उनिहरुले जोड दिएका थिए। कोईरालाको प्रेरणा बाट आफुहरु राजनितीमा सक्रिय भएको भन्दै उनको प्रेरणा सबैसामु पुर्याउनु पर्ने  उनीहरुकाे धारणा थियाे । कार्यक्रममा बोल्दै अहिलेको अबस्थामा सल्यान कांग्रेसलाई कसरी अगाडि बढाउन सकिन्छ भन्दै सहभागीहरु तथा नेताहरुले चिन्ता ब्यक्त गरेका थिए। नेता कार्यकर्ता हरुले जनता समक्ष आफ्नो र पार्टीको  क्रीयाकलाप हरु बढाउनुपर्ने बताउदै आफुहरुले आफ्ना बानीहरु समेत सुधार्दै अगाडि बढ्नु पर्ने उनिहरुले निष्कर्षा रहेकाे थियाे । अहिले दुई पार्टी मिलेर बनेको नेकपा सङ जुध्नलाई पुर्ब तयारी गर्नुपर्ने भन्दै मिलेर पार्टीलाई चलायमान बनाउनुपर्ने धारणा राखेका थिए। पार्टीमा ठुला कुनैपनि विवाद नरहेको भन्दै ढुक्कका साथ आफ्ना गतिबिधी बढाउन कार्यकर्ता हरुलाई निर्देशन समेत दिएका थिए।

कार्यक्रममा पूर्व शिक्षाा राज्य मन्त्री राजेन्द्र बहादुर शाह, प्रदेस निर्वाचन (ख) का सभापती सन्तोस केसि, महासमिती सदस्य केसबहादुर बिस्ट,जिल्ला कार्यसमिती सदस्य सीता केसि, महासमिती सदस्य मानबहादुर डाङी ट्रेड युनियन कांग्रेसका अध्यक्ष बिरबहादुर सेजवाल महिला नेतृ करुणा खड्का,,प्रदेश सभा सदस्यका प्रत्यासी एकराज डाङीले आफ्नो बिचार ब्यक्त गरेका थिए। महाधिवेशन प्रतिनिधि प्रेम बहादुर डाङीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको अध्यक्षता उपसभापति निमबहादुर वलिले गरेका थिएकार्यक्रमको संचालन सह सचिब सन्तोष सेन वलिले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top