होमपेज / राजनीति

नेकपा परित्याग गरि ४४ जनाले काङ्ग्रेसमा प्रवेश गरे : सहिद पिता समेत काङ्ग्रेसमा

  छिटो खबर २०७७ श्रावण १० गते शनिबार २३:१७:५० मा प्रकाशित

साउन १० सल्यान ।

सल्यानको छत्रेश्वोरिमा एकै दिन ४४ जनाले काङ्ग्रेसमा प्रवेश गरेका छन । शनिबार आयोजित कार्यक्रममा माओवादी सशस्त्र युद्धको बेला छोरा गुमाएका सहिद पिता जित बहादुर भन्डारी लगायत ४४ जनाले पुर्ब माओवादी र अन्य पार्टी परित्याग गरि काङ्ग्रेस को सदस्यता लिएका छन । छत्रेश्वोरी वडा नम्बर ४ को आयोजना मा भएको कार्यक्रममा नव प्रवेशीहरुले नेतृत्वले  गद्दारी गरेको र जनतालाइ छल गरेको साथै काङ्ग्रेस पार्टी ऐतिहासिक पृष्ठभुमि बोकेको पार्टी भएको ले काङ्ग्रेस पार्टिको सदस्यता लिएको बताएका छन । छत्रेश्वोरिमा काङ्ग्रेसको बर्तमान नेतृत्व कुसल र जनमुखी रहेको कारण आफुहरु प्रभावित भएको उनिहरुको भनाइ थियो । आफुहरु होमिएर युद्धमा लागेको र आफन्त समेत गुमाएको पीडा सुनाउदा उनिहरु भावविह्वल देखिन्थे । आफ्नो छोरा समेत गुमाउनु परेको तर नेतृत्वले आफ्नो सिद्धान्त र दायित्व नै भुलेर पुर्व एमाले सङ्ग मिसिएको प्रती आक्रोश व्यक्त गर्दै सहिद पिता जित बहादुर भन्डारिले आफू गलत बाटो छोडेर काङ्ग्रेसमा प्रवेश गरेको बताएका छन । जहाँ सहानुभूति नै हुँदैन त्यहाँ बस्नुको कुनै औचित्य नभएको उनको जिकिर थियो । यसै गरि नव प्रवेशी तेज बहादुर ओलिले समर्पित योद्धा हरुको कुनै वास्ता नगरी सत्ता लुप्त भएर प्रचन्ड र बाबुराम हरुले जनतालाइ धोका दिएको भन्दै आक्रोश व्यक्त गरे । 
काङ्ग्रेसका महासमिति सदस्य एबम जिल्ला समन्वय प्रमुख केश बहादुर बिस्टको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा वक्ताहरुले आगन्तुक साथी हरुलाइ स्वागत गर्दै सदैव साथमा रहने बाचा गरेका छन । प्रमुख अतिथी बिस्टले नव प्रवेशीहरुलाइ स्वागत गर्दै हरेक समस्यामा साथ दिने प्रतिबद्धता गरेका छन । 
उत्तर सुनारको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको अध्यक्षता वडा सभापती चन्द्र बहादुर ओलिले गरेका थिए । उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिका सहसचिव सन्तोस सेन ओलि, जिल्ला कार्य समिती सदस्य एबम छत्रेश्वोरी गाउँपालिका उपाध्यक्ष सीता केसि, शारदा नगरपालिका उपप्रमुख साबित्रा बस्नेत, शारदा नगरपालिका १५ का वडाअध्यक्ष हिमेन्द्रबाबु सेजवाल र सहसचिव बालिका सुनार लगायतले आफ्नो धारणा राखेका थिए भने सचिव रमेश शर्माले कार्यक्रम सन्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top