होमपेज / राजनीति

सल्यानका तीन तहमा नेकपा छोडेर काङ्ग्रेसमा प्रवेश : शारदामा काङ्ग्रेस छोडेर नेकपामा प्रवेश

  छिटो खबर २०७७ श्रावण १२ गते सोमबार १३:३४:५५ मा प्रकाशित

साउन ११, सल्यान । स्थानीय तह, प्रदेश र संघको चुनाव आउन अब डेढ वर्ष भन्दा बढी छ । तर आजभोली नै गाउँगाउँमा पार्टी प्रवेशका कार्यक्रमहरु भैरहेका छन् । उसो त नेताहरुले जवरजस्ती भने गराएका होइनन् जनताहरु आफ्नै मन खुसीले र केहि आकर्षण र बिकर्षणको कारण  पार्टी प्रवेश गरिरहेका छन् ।
छत्रेश्वोरिमा नेकपा परित्याग गरि सहिद पिता समेत ४४ ले काङ्ग्रेसमा प्रवेश गरेका छन । त्यस्को दुई दिन पछि शारदा नगरपालिका ८ सिमखर्कको एउटै गाउँका पाँच दर्जन बढी नेपाली काँग्रेसका नेता कार्यकर्ता नेकपामा प्रवेश गरेको नेकपा नेताहरुको दाबी छ । नवप्रवेशीहरुलाई नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज टेक बहादुर बस्नेतले पार्टीमा स्वागत गरेका थिए । 
विगत लामो समयसम्म नेपाली काँग्रेसलाई सहयोग गर्दै आएपनि विकास निर्माण देखी सुशासन कायम गर्ने कार्यमा नेपाली काँग्रेस असफल भएकाले  नेकपामा प्रवेश गरेको नवप्रवेशीहरुको भनाई छ ।
यता शारदा नगरपालिकामा काँग्रेस छोडेर नेकपामा प्रवेश गरेकै दिन उता दार्मा गाउँपालिकामा पनि नेकपा परित्याग गरेर काँग्रेसमा प्रवेश गर्नेहरुको लर्को चलेको छ । दार्मा गाउँपालिका वडा नं ४ र ६ का गरेर १९ जना नेकपाका कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
नवप्रवेसीहरुलाई  जिल्ला सभापति गणेश चन्दले फुलमालाले स्वागत स्वागत गरेर बधाई  दिएका थिए । 
सोही दिन नेकपा र राप्रपा परित्याग गरि बनगाड कुपिन्डे नगरपालिकामा तीन दर्जन बढिले काङ्ग्रेसमा प्रवेश गरेका छन ।
रोचक कुरा त के छ भने शारदा नगरपालिकामा काँगेसको स्थानीय सरकार भएकोमा काँग्रेस छोडेर नेकपामा प्रवेश गरेका छन् भने बनगाड र दार्मामा नेकपाको स्थानीय सरकार भएकोमा नेकपा छोडेर काँग्रेस भएका छन् । आफ्नै पार्टीका नेताहरु स्थानीय सरकारको प्रमुख हुँदा पनि उनिरहरु आफ्नो पार्टी त्यागेर फरक पार्टीमा गएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top