होमपेज / राजनीति

सभापति देउवा होम क्वारेन्टाइनमा : शशाङ्कको स्वास्थ्य सुधार भएको सन्देश

  बि.पि. हमाल २०७७ आश्विन १ गते बिहीबार १५:२७:५७ मा प्रकाशित

सचिवालयका कर्मचारीमा कोरोना देखिएपछि नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर  देउवा होम क्वारेन्टाइनमा बसेका छन ।

सचिवालयमा कार्यरत् दुई कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि उनी बुढानिलकण्ठस्थित होम क्वारेन्टिनमा बसेका हुन्।

उनका स्वकीय सचिव भानु देउवाका अनुसार बुधबार सचिवालयमा कार्यरत् दुई जना कर्मचारीलाई कोरोना संक्रमण देखिएको हो।

मंगलबार पिसिआर परीक्षणका लागि स्वाब दिइएकोमा कोरोना संक्रमण देखिएको हो।

कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि देउवा बुधबारदेखि नै क्वारेन्टिनमा बसेका हुन्।

संवैधानिक निकायहरूमा नियुक्तिका लागि प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई भेट्ने तयारी गरिरहेका बेला देउवा क्वारेन्टिनमा बसेका हुन्।

अब केही दिन संवैधानिक निकायका नियुक्तिबारेको छलफल अगाडि नबढ्ने देखिएको छ।

यसै बिच नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आफू अझै २,३ दिन अस्पतालमै बस्ने बताएका छन्।

ओम अस्पतालबाटै संक्षिप्त भिडिओ सन्देश दिँदै उनले आफ्ना बारेमा चिन्ता नलिन समेत आग्रह गरेका छन्।

'म कोभिड-१९ बाट प्रभावित भएको व्यक्ति आज म यो ओम नर्सिङ होममा आइसोलेसनमा छु,' भिडिओमा उनले भनेका छन्,'तपाईंहरूले चिन्ता गर्नुपर्दैन २,३ अझै यहाँ बसेर म डिस्चार्ज हुन्छु। यतिनै भनौं भनेर हो।'

ज्वरो आएपछि कांग्रेस महामन्त्री कोइराला मंगलबार राति अस्पताल भर्ना भएका थिए। अस्पतालका अनुसार उनको ज्वरो नियन्त्रणमा आइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार
Top