होमपेज / राजनीति

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही विरुद्ध अविश्वास प्रस्ताव दर्ता

  छिटो खबर २०७७ आश्विन २५ गते आइतबार १८:२८:०७ मा प्रकाशित

सल्यान २५,असोज।कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । सत्तारुढ नेकपाका १८ सांसदहरुले नै अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।नेकपा संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीको कार्यशैली राम्रो  नभएको, जनअपेक्षा अनुसार विकास निर्माणका काम नभएको भन्दै सांसदहरुले शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।सांसदहरुले नेकपा संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहलाई उक्त प्रस्ताव बुझाएका छन् ।नेकपाको संसदीय दलको विधान अनुसार अविश्वासको प्रस्ताव दर्ता गरिएको नेकपा कर्णाली प्रदेशका सहइन्चार्ज समेत रहेका सांसद यामलाल कँडेलले बताए।नेकपाका ३३ जना सांसद छन् । जसमध्ये एकजना सभामुख भएकाले बाँकी ३२ जना सांसद छन् । ३२ जना सांसदमध्ये १८ जनाले मुख्यमन्त्री तथा दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको नेता कँडेलले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top