होमपेज / राजनीति

सन्दर्भ कर्णाली सरकारको : नियम आइज्याक न्युटनको 

  छिटो खबर २०७७ आश्विन २६ गते सोमबार १९:२२:०२ मा प्रकाशित

“विपरित तर बराबर प्रतिक्रिया” न्युटनको चाल सम्वन्धी  नियम कर्णाली प्रदेश सरकार भित्र चरितार्थ भएको छ । मुख्य मन्त्री तथा संसदीय दलका नेता महेन्द्र बहादुर शाही विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएकै दिन महेन्द्र बहादुर शाहीले प्रमुख सचेतक गुलाब जंग शाहलाई जिम्मेवारी मुक्त गरेका छन् ।    मुख्य मन्त्री एवम् नेकपा संसदीय दलका नेता शाहीले पत्राचार गर्दे शाहलाई प्रमुख सचेतक पदबाट हटाईएको जानकारी गराएका हुन् । शाहलाई लेखिएको पत्रमा प्रमुख सचेतक पदमा रहँदा उनले गरेको काम कारवाही सन्तोषजनक नरहेकोले जिम्मवारीमुक्त गरिएको भनी उल्लेख गरिएको छ । 
असोज २५ गते, आइतबार संसदीय दलका नेता महेन्द्र बहादुर शाही विरुद्ध प्रदेश सभाका १८ जना सांसदले अविश्वाशको प्रस्तावमा हस्ताक्षर गरी प्रमुख सचेतक शाहलाई बुझाएका थिए । असोज २५ गतेकै मितिमा प्रमुख सचेतक शाहलाई हटाईएको र सीता कुमारी नेपालीलाइ प्रमुख सचेतकमा नियुक्त गएिको दुईवटा पत्रमा मुख्यमन्त्री शाहीले हस्ताक्षर गरेका छन् । यसलाई अविश्वाशको प्रस्ताव दर्ता भएपछि तत्काल आएको प्रतिक्रियाको रुपमा हेर्न सकिने जानकार हरु बताउछन् । नेकपाको बहुमतको सरकार रहेको कर्णाली प्रदेशमा नेकपाकै सांसदहरुले शाही विरुद्ध अविश्वाशको प्रस्ताव दर्ता गरेका थिए । अविश्वाशको प्रस्ताव दर्ता गर्ने यो निर्णयले पूर्व नेकपा एमालेलाई एकतावद्ध गराएको भन्ने टिप्पणीहरु पनि सार्वजनिक भएका थिए । 
यस सँगै नेकपा भित्र केन्द्र देखि प्रदेश सम्म विभिन्न समूहहरु सत्ता परिवर्तनको पक्षमा रहेको स्पष्ट देखिएको छ । नेकपा भित्रको यो अस्थिरता आत्मघाती हुने र अन्य स्थानहरुमा पनि यसले असर गर्ने राजनैतिक जानकारीहरुको टिप्पणी रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top