होमपेज / राजनीति

मुख्यमन्त्री शाहीकाे कुर्सीमा माधव नेपालकाे टेकाे

  छिटो खबर २०७७ आश्विन २७ गते मंगलबार १४:१३:४५ मा प्रकाशित

असाेज २७ऽ सुर्खेत । कर्णाली प्रदेशकाे सन्दर्भमा प्रचण्ड र माधव नेपाल समूह बीच सहमति भएकाे छ । नेपाल समूहले तीन मन्त्री र संसदीय दलको सचेतक पद लिने सहमित भए सँगै मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले कुर्म राज शाहीलाइ सचेतक पदमा नियुक्ति गरेका छनर । नेपा समूहले तीन मन्नीका  लागि समेत सांसदको नाम बुझाएको छ ।

शाहीलाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलका नेताबाट हटाउन यमलाल कँडेलसहितका १८ सांसदले सं‌सदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल समूह त्यसलाई रोक्न सहमत भए ।

 

दुई पक्षबीच सहमति जुटेपछि अविश्वासको प्रस्तावमाथि मंगलबार राखिएको छलफलमा नेता नेपाल समूहका सांसदहरु अनुपस्थित रहेकाे बुझिएकाे छ । नेपाल पक्षका ७ जना सांसद अनुपिस्थत रहेकाे अवस्थामा कँडेल पक्षमा अब जम्मा ११ जना मात्र रहन्छन र बादल पक्षका ३ सांसद समेत बाहिरिएमा कँडेल सँग ८ जनामात्र सांसद रहनेछन् ।

एक नेताका अनुसार नेपाल समूहका नेता समावेश गरी मन्त्रिपरिषद् पनि मंगलबार नै पुनर्गठन गर्ने सहमति भएको छ ।

स्रोतका अनुसार नेपाल समूहले मन्त्रीका लागि चन्द्र शाही, करवीर शाही र अम्मरबहादुर थापाको नाम बुझाएको छ । संसदीय दलको सचेतकमा कर्मराज शाहीको नाम पठाइएको स्रोतले जनाएको छ ।

चन्द्र शाहीलाई मन्त्री बनाउन माधव नेपाल समूहले एक वर्ष अगाडि नै नाम बुझाएको थियो । तर, मुख्यमन्त्री शाहीले मन्त्री नियुक्त गरेका थिएनन् । अब मन्त्रिपरिषदमा नेता नेपाल पक्षका चार मन्त्री हुनेछन् भने पार्टी अध्यक्ष केपी शर्मा ओली समूहका दुई मन्त्री हुनेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top