होमपेज / राजनीति

ट्रेड युनियनको चुनाव मंसिर २७ मा,कात्तिक २५ देखि कर्मचारी सरूवा गर्न नपाइने

  छिटो खबर २०७७ कार्तिक १८ गते मंगलबार १८:३२:०५ मा प्रकाशित

निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन निर्वाचन मंसिर २७ गते हुने भएको छ।प्रमुख निर्वाचन अधिकृतको कार्यालयले मंगलबार निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ।

जसअनुसार कात्तिक २५ गतेदेखि निर्वाचन कार्यक्रम नसकिँदासम्म कर्मचारीको सरूवा वा काज सरूवा गर्न पाइने छैन।निर्वाचन सम्पन्न नभएसम्म निजामती सेवा ऐन २०४९ को दफा ५३ ९२० ९क० र निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन सम्बन्धी विनियमावली २०६९ को विनियम १०९१० बमोजिम मतदाता हुने कर्मचारीको कात्तिक २५ देखि सरूवारकाज सरूवालगायत कार्य नगर्न नगराउन र सरूवा भइसकेको भए रमाना नगर्न नगराउन अनुरोध गरिन्छ,’ कार्यालयले सूचना निकालेर मन्त्रालयहरूलाई आग्रह गरेको छ।

निर्वाचन आचारसंहिता लागू गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयदेखि सबै मन्त्रालयलाई कार्यालयले आग्रह गरेको हो।निर्वाचन सम्पन्न नभएसम्म निजामती सेवा ऐन २०४९ को दफा ५३ ९२० ९क० र निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन सम्बन्धी विनियमावली २०६९ को विनियम १०९१० बमोजिम मतदाता हुने कर्मचारीको कात्तिक २५ देखि सरूवारकाज सरूवालगायत कार्य नगर्न नगराउन र सरूवा भइसकेको भए रमाना नगर्न नगराउन अनुरोध गरिन्छ,’ कार्यालयले सूचना निकालेर मन्त्रालयहरूलाई आग्रह गरेको छ।

निर्वाचन आचारसंहिता लागू गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयदेखि सबै मन्त्रालयलाई कार्यालयले आग्रह गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार
Top