होमपेज / राजनीति

संघीय सांसदको पत्रकार सम्मेलनमा टीमको राजनीति : पत्रकार महासंघलाई नै थाह छैन ।

  छिटो खबर २०७७ मंसिर ११ गते बिहीबार १२:३३:५६ मा प्रकाशित

मंसीर ११, सल्यान ।
नेकपा सल्यान भित्रको चरम गुटबन्दी पत्रकार सम्मेलनमा समेत देखिएको छ । संघीय सांसद टेक बहादुर बस्नेतले मंसीर १० गते सल्यानमा सिमीत संख्यामा पत्रकार बोलाएर पत्रकार सम्मेलन गरेपछि यो दृश्य देखिएको हो । नेकपा सल्यानमा प्रकाश ज्वाला, भीम प्रकाश शर्मा एकातिर र टेक बहादुर बस्नेत, गुलाब जंग शाह एकातिर रहेको सबै सामु छर्लङ्ग छ । यही गुटबन्दी बुधबारको पत्रकार सम्मेलनमा समेत देखिएको हो । बस्नेतले गरेको पत्रकार सम्मेलनमा प्रकाश ज्वाला र भीम प्रकाश शर्मा टिम सँग निकट पत्रकारहरु लाई नबोलाइ सिमीत संख्यामा पत्रकार बोलाउनुले यो कुरा स्पष्ट पारेको छ । यसका अलावा प्रेस युनियनमा आवद्ध पत्रकारहरुलाई पनि कुनै जानकारी नभएको बताईएको छ । 
प्रतिनिधी सभामा प्रतिनिधित्व गर्ने संघीय सांसद जस्तो गरिमामाय पदमा बहाल रहेका बस्नेतले यसरी पत्रकार सम्मेलन गर्न नुहने पत्रकारहरुको धारणा रहेको छ । पत्रकार महासंघ जिल्ला शाखा सल्यानका अध्यक्ष प्रतीक शर्माले समेत पत्रकार सम्मेलनबारे आफुलाई जानकारी नभएको बताएका छन् । सार्वजनिक पदमा बहाल रहेको व्यक्ति वा संस्थाले पत्रकार महासंघलाई नै जानकारी नदिएर पत्रकार सम्मेलन गर्नुले नेकपाको राजनीतिमा गम्भीर अर्थ लाग्ने जानकार हरु बताउँछन् । महासंघका अध्यक्ष शर्माले यसरी सिमीत संख्यामा पत्रकारहरु बोलाएर पत्रकार सम्मेलन गर्नु दुखद भएको बताएका छन् । कुनै पनि संस्था वा सार्वजनिक व्यक्तिहरुले आफु निकटका पत्रकारहरुमात्र बोलाएर कार्यक्रम गर्ने प्रवृत्ति जिल्लामा भएको र यो कदापि राम्रो हुन नसक्ने उनको धारणा रहेको छ । 
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सल्यानमा विनियोजित बजेटको सन्दर्भमा जानकारी दिनको लागि आयोजना गरिएको सो पत्रकार सम्मेलनमा ५ जना पत्रकारहरु मात्रै डाकिएका थिए ।
यो सम्वन्धमा सांसद बस्नेतका स्वकीय सचिव बिष्णु चन्द सङ्ग कुरा गर्दा उनले भने राजनैतिक गुटवन्दी वा प्रतिषोध नभएको बताएका छन् । प्रहरी प्रशासन सँग कार्यक्रमको बारेमा कुरा गर्दा ७ जना भन्दा बढी उपस्थित नगराउनु भन्ने सल्लाह पाएको र कार्यक्रम पनि पूर्व निर्धारित नभई आकस्मिक भएको हुँदा सबै पत्रकारहरुलाई खबर गर्न नसकिएको उनले बताएका छन् । पत्रकार महासंघलाई खबर गर्दा धेरै जना उपस्थित हुने भएकोले महासंघलाइ खबर नगरेको र राज्नैतिक गुटबन्दी गर्ने मनसायले यसो नगरेको उनले बताएका छन् । 
यसरी बोलाईएका पत्रकार हरु ज्वाला–शर्मा टीम र प्रेस युनियन बाहेकका मात्रै उपस्थित हुनुलाई संयोगमात्रै मान्न भने सकिँदैन । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार
Top