होमपेज / राजनीति

अेाली मन्त्रीण्डल पुनर्गठन: बागमती प्रदेशमा मुख्यमन्त्री विरुद्ध अविश्वाशकाे प्रस्ताव दर्ता

  छिटो खबर २०७७ पौष १० गते शुक्रबार २०:५५:४३ मा प्रकाशित

१० पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे पछि विभाजनकाे राेगले प्रदेश सरकार लाइ समेत अछुताे राखेकाे छैन । अेालीकाे विघटन निर्णय पछि बागमती प्रदेशमा मुख्यमन्त्री विरुद्ध शुक्रबार अविश्वाशकाे प्रस्ताव दर्ता भएकाे छ । वागमती प्रदेशका मुख्य मन्त्री डाेरमणि पाैडेल अेाली पक्षका नेता मानिन्छन् । शुक्रबार दर्ता भएकाे अविश्वाशकाे प्रस्तावमा ४६ जना सभासदले हसताक्षर गरेकाे बताइएकाे छ । याे घटना सँगै संघीय संसदकाे राेग प्रदेश सम्म फैलिन सक्छ भन्ने अनुमानलाइ सत्य सावित गरेकाे छ ।

यसै वीच प्रधानमन्त्री वलीले ९ जना थपेर मन्त्रिपरिषद विस्तार र केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । शुक्रबार मन्त्रिपरिषदमा ८ जना  मन्त्री र एक राज्यमन्त्री थप भएका छन् ।

शुक्रबार टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, प्रेमबहादुर आले, गणेश ठगुन्ना, गौरीशंकर चौधरी दावा लामा र जुलीकुमारी महतोले मन्त्री पदको सपथ लिएका छन् भने विमला विश्वकर्माले राज्यमन्त्रीको सपथ लिएकी छन् ।

मन्त्रिपरिषद विस्तारअघि प्रधानमन्त्रीले युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोती दुगडलाई हटाएका छन् ।

कुन मन्त्रालयमा को ? 

शुक्रबार विस्तार भएको मन्त्रिपरिषदमा टोपबहादुर रायमाझीले उर्जा, जलस्रोत तथा सिञ्चाई, प्रभु साह शहरी विकास, मणि थापा खानेपानी तथा सरसफाइ, गौरीशकर चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा, गणेश ठगुन्ना संघीय मामिला तथा सामान्य प्रशासन, प्रेमबहादुर आले वन तथा वातावरण, जुलीकुमारी महतो महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, दावा लामा युवा तथा खेलकुद मन्त्री बनेका छन् ।

त्यस्तै विमला  विश्वकर्मा उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार
Top