होमपेज / राजनीति

राप्रपाकाे देश व्यापी प्रदर्शन : जुलुसमा अनुमान भन्दा बढी उपस्थिति

  छिटो खबर २०७७ पौष १२ गते आइतबार २१:०४:०२ मा प्रकाशित

पुस १२ सल्यान । राजसंस्था र हिन्दु राष्ट्रको माग गदैं सल्यानमा राप्रपाले प्रदर्शन गरेकाे छ । राप्रपा सल्यानकाे आयाेजनामा आइतबार भएकाे प्रदर्शनमा ‘राजा आउ, देश बचाउ’ भन्दै सयाैं संख्यामा मानिसहरू सडकमा निस्किएका थिए । आइतबार गरिएकाे प्रदर्शनमा सामान्यतया अनुमान गरिएकाे भन्दा बढी संख्यामा मान्छेहरुकाे उपस्थिति भएकाे बुझिएकाे छ ।

खलंगाकाे पुरानाे बसपार्कबाट सुरु भएकाे र्याली जिल्ला प्रहरी कार्यालय हुँदै नयाँ बसपार्कबाट नेपाल बैंक, ठन्डी सडक हुँदै पुनः पुरानाे बसपार्क आएर काेण सभामा परिनत भएकाे थियाे ।

काेणसभामा बाेल्ने वक्ताहरुले अहिलेकाे संघियताकाे व्यवस्थाले देश बर्बाद हुन लागेकाे भन्दै अब देशलाइ राजा चाहिएकाे बताएका छन् । सभालाइ राप्रपाका पुर्व महामन्त्री तथा केन्द्रीय कार्य सम्पादन समिती सदस्य राजेन्द्र बीर राइ, केन्द्रीय सदस्य अनुपम सिंह श्रेष्ठ, जिल्ला अध्यक्ष नेत्रलाल श्रेष्ठ लगाएतले सम्बाेधन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार
Top