होमपेज / राजनीति

सल्यानमा एकै दिन दुई पार्टीका कार्यक्रम : काँग्रेसकाे जुुलुस र अेाली समूहकाे भेला

  छिटो खबर २०७७ पौष १३ गते सोमबार १६:२४:४५ मा प्रकाशित

पुस १३, सल्यान ।
प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरे पछि सम्पूर्ण देश नै तरंगित भएको छ । देशको पहिलो शक्ति नेकपा विभाज भए सँगै संसद विघटनको समर्थन र विरोधमा विभिन्न कार्यक्रम घोषणा सँगै प्रशिक्षण, सभा तथा जुलुसहरु भइरहेका छन् । यसे बीच आज सल्यान खलंगामा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस र केपी ओली पक्षका छुट्टाछुट्टै कार्यक्रम भएका छन् । 
प्रतिगमनका विरुद्ध पुस १३ गते देश व्यापी विरोध सभा गर्ने नेपाली काँग्रेस केन्दीय समितिे निर्णय बमोजिम सल्यान काँग्रेसले आज जिल्लामा विरोध प्रदर्शन गरेको हो । सर्वसत्तावादी ओली सरकार मुर्दावाद, प्रतिगमन मुर्दावाद, लगायतका नाराहरु सहित सल्यानमा कांग्रेसले विरोध ¥याली गरेको छ । खलंगा बजार परिक्रमा पछि ¥याली कोणसभामा परिणत भएको थियो । 
नेपाली काँग्रेस सल्यानका पार्टी सभापति गणेश चन्दको सभापतित्वमा भएको कोणसभालाई सम्वोधन गर्दै वक्ताहरुले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै ओलीले देशलाई प्रतिगमन तर्फ धकेल्न खोजेको बताएका छन् । काग्रेसका नेता सुशील कोइरालाले अथक मेहनतका साथ जारी गरेको र नेता शेर बहादुर देउवाले कार्यान्वयन गरेको संविधान माथ कुल्चिने अधिकार केपी ओलीलाइ नभएको भन्दै उनीहरुले खबरदारी गरेका छन् । 
पार्टी सचिव प्रकाश भण्डारीले सन्चालन गरेको कोणसभामा सल्यान काँग्रेसका सहसचिव सन्तोष सेन वली, पुर्व पार्टी सचिव तथा महासमिति सदस्य एकराज डांगी, पूर्व जिविस सभापति धु्रवराज पुरी र पूर्व केन्द्रीय सदस्य डिल्लीराज रेग्मीले सम्बोधन गरेका थिए । 
यसै बीच केपी ओली समूहको कार्यक्रम जिल्ला समन्वय समितिको हलमा सम्पन्न भएको छ । संसद विघटन एवम् ओलीको कदमको चौतर्फी विरोध भइरहेको बेला ओली समूहले प्रधानमन्त्रीको कदम सही हो भन्दै प्रशिक्षण गरिरहेको छ । सहभागीहरुको उल्लेख्य उपस्थितिमा भएको सो कार्यक्रममा वक्ताहरुले प्रधानमन्त्रीको कदम सही भएको र पार्टी विभाजनको अवस्था दाहाल नेपालबाट निर्माण भएको बताएका थिए । नेकपा सल्यानका अध्यक्ष गोविन्द पुनको अध्यक्षता भएको उक्त कार्यक्रमका प्रमुख अतिथी केन्द्रीय सदस्य गुलाव जंग शाह रहेका थिए । भरखरै मनोनीत गरिएका केनद्रीय सदस्यहरु लोक बहादुर डांगी, मनोज प्रधान, र कुल बहादुर गिरीलाई कार्यक्रमका प्रमुख अतिथी गुलाव जंग शाहले सम्मान गर्दै बधाइ तथा शुभकामना दिएका थिए ।  
कार्यक्रममा प्रदेश कमिटी सदस्य भिम बहादुर सेन, जिल्ला कमिटी सदस्यहरु महेश देवकोटा, दिपेन्द्र प्रकाश डिसी, गणेशमान सिंह लगायतका पदाधिकारीहरुको साथै  कालिमाटी गाउँपालिका अध्यक्ष दान बहादुर खत्री र उपाध्यक्ष सहनशीलता डिसी र सिद्धकुमाख गाउँपालिकाका उपाध्यक्ष पुष्पा बुढाथोकीको उपस्थिति रहेको थियो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार
Top