होमपेज / राजनीति

अध्यक्ष गोविन्द पुनले भने - "को हुँदैछ कान्छो राप्रपा अब त देखियो होला नि ? नेता हुँ भन्ने नैतिकता बचेको छ कि छैन ?" 

  छिटो खबर २०७७ फाल्गुण २६ गते बुधबार १६:३८:२० मा प्रकाशित

फागुन २६, सल्यान । 
नेकपा एमाले सल्यानका अध्यक्ष गोविन्द पुनले पार्टी नेकपा विभाजन हुनु पूर्व आफुलाई कान्छो राप्रपा भन्ने हरु नै कान्छो राप्रपाको स्थानमा पुगेको बताएका छन् । प्रतिनिधी सभा विघटनको विरोधमा सल्यान खलंगामा आयोजित कार्यक्रममा आफुहरुलाई कान्छो राप्रपाको संज्ञा दिएको स्मरण गर्दै हाल उनीहरु नै त्यो स्तरमा पुगेको कटाक्ष गरेका हुन । नेकपा एमाले सल्यानको पार्टी कार्यालय सन्चालन तथा पत्रकार सम्मेलनमा बोल्दै उनले वरिष्ठ नेताहरुबाट नै निकै तुच्छ शब्द प्रयोग गरेर गाली गलौज गरेको र समयले आज फेरि एमाले कै पार्टी कार्यालयको गेट भित्र छिर्न बाध्य बनाएको भन्दै ती व्यवहार र शब्द स्मरण छ भने पार्टी कार्यालयको गेट भित्र छिर्ने नैतिकता नबचेको बताएको छन । अध्यक्ष पुनले आक्रोशित भावमा भने - "आज को हुँदै छ कान्छो राप्रपा ? अझै पनि म सह इन्चार्ज हुँ भन्दै गेट भित्र छिर्ने नैतिकता छ कि छैन ? " माधव नेपाल पक्षका नेताहरुलाई इंगित गर्दै उनले भने- "उहाँहरुबाट भएका व्यवहार र बोलेका शब्द प्रति क्षमा याचना गर्नु पर्छ । अलिकति पनि संयमित हुन नसक्ने हरुले माफी नमागे सम्म उहाँहरुलाई स्वीकार्न सकिँदैन ।" 
माओवादीका सोच, व्यवहार, क्रियाकलाप सबै विर्सिएर मुलुकको स्थायित्व र सम्वृद्धिका लागि मात्रै पार्टी एकता स्वीकारिएको तर एमाले र माओवादी बीच भावनात्मक एकता हुन नसकेको उनको जिकिर रहेको थियो । माओवादी बाट विभिन्न समय र स्थानहरुमा अनपेक्षित व्यवहार हुँदै गए पनि पार्टी एकता भंग हुने कुनै पनि क्रियाकलापमा आफुहरु संलग्न नरहेको उनको दावी थियो । 
कार्यक्रममा  बोल्ने क्रममा उनले पार्टी कार्यालयबाट आधिकारिक अस्तावेज गायब भएको र सो दस्तावेज गायब हुनुमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र नेकपा एमालेका जिल्ला सचिव रमेश गौतमको हात रहेको भन्दै पार्टीले आवश्यक कारवाही समेत गर्ने अध्यक्ष पुनले बताएका छन् ।  
पार्टीको आन्तरिक कुरा बाहिर ल्याउनु राम्रो हो र भन्ने प्रश्नमा केन्द्रीय सदस्य लोक बहादुर डांगीले आफ्नो पार्टीको सम्वन्धमा सबै छर्लंग भएकोले लुकाउनुपर्ने कुनै कुरा नभएको बताएका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top