होमपेज / राजनीति

"सुध्रिएर आउनेहरुलाई स्वागत छ, नैतिक बल नभएकाहरु भाग्छन्" - नेता डाँगी

  छिटो खबर २०७७ फाल्गुण २६ गते बुधबार १७:०४:४७ मा प्रकाशित

फागुन २६, सल्यान ।
नेकपा एमालेका केन्द्रीय सदस्य लोक बहादुर डांगीले नैतिक बल नभएका व्यक्तिहरु भागिरहेको बताएका छन् । नेकपा एमालेको पार्टी कार्यालयमा आयोजित कार्यालय सन्चालन कार्यक्रम तथा पत्रकार सम्मेलनमा बोल्दै डांगीले सुध्रिएर आउने सबैलाई स्वागत गर्न तयार भएको तर हिनताबोधको कारण एक पक्षका नेताहरु आजको कार्यक्रममा नआएको बताएका छन् । भिम रावलकाे अन्तर्वार्ताकाे सन्दर्भ जाेड्दै डाँगीले भने- "कमरेड भिम रावल ठाउँमा आइसक्नुभाे । यसरी नै सबै ठाउँमा आउनु पर्याे ।" 

नेकपा एमाले पुन : अस्तित्वमा आउँदा एमालेका कार्यकर्ताहरुले दीप प्रज्वलन गरेको सन्दर्भलाई जोड्दै पार्टी एकता जनता र कार्यकर्ताको भावना अनुरुप रहेनछ भनेर बुझ्न आग्रह गरेका छन् । डांगी ले भने - "पार्टी एकता कार्यकर्ता माथि लादिएको थियो, यो भावनात्मक रुपमा स्वीकार्य थिएन ।"
पार्टी कार्यालय केपी ओली वा ओली समूहको मात्र नभएर पार्टीमा आवद्ध भएका र हुन चाहाने सबैको भएको भन्दै हिनताबोध त्यागेर दुरी घटाउन अर्को पक्षका नेताहरुलाई डाङ्गिले आग्रह गरेका छन् । आफुले बोलेका शब्द, गरेका व्यवहार हरु सम्झेर पनि नेपाल पक्षका नेताहरुलाई नजिक हुन लाज लागेको उनको दावी रहेका थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top