होमपेज / राजनीति

सल्यान पत्रकार महासंघको निर्वाचन : कति क्रियाशील पत्रकार छन् मतदाता ? (नामावली सहित)

  बि.पि. हमाल २०७७ चैत्र १० गते मंगलबार २०:२०:४९ मा प्रकाशित

चैत्र १०, सल्यान । 
पत्रकार महासंघको तीन तहको अधिवेशन यही चैत्र २५ गते हुन गइरहेकोे छ । पत्रकार महासंघ केन्द्रीय कार्यसमितिले केन्द्र, प्रदेश र जिल्ला शाखा गरी तीनै तहको निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ । जस अनुसार प्रदेशको लागि चैत्र १९ गते देखि सुरु हुने गरी र जिल्लाको लागि चैत्र २२ गते देखि सुरु हुने गरी निर्वाचन तालिका सार्वजनिक गरिएको छ  । 
सल्यानमा जिल्ला शाखाको अध्यक्ष पदको लागि स्पष्ट वा घुमाउरो तरिकाले विभिन्न पत्रकारहरुले सामाजिक सन्जाल मार्फत वा प्रत्यक्ष रुपमा आ–आफ्नो उम्मेदवारी पनि घोषणा गरीरहेका छन् । यसलाई मध्यनजर गर्दा भन्न सकिन्छ की, चुनावी माहौलले सल्यान तातिरहेको छ । चिया गफ होस वा अन्य कुनै बसाई होस, पत्रकारहरु बीच भेट भयो भने जिल्लामा रहेको मतदाता संख्या गन्न सुरु भईहाल्छ । 
केन्द्रबाट प्राप्त मतदाताको नाम हर्दा भने अवस्था फरक देखिन्छ । 
जिल्लामा प्राप्त मतदाता नामावलीको आधारमा हाल सल्यानमा ९२ जना मतदाता रहेका छन् । यो मतदाताको सूची हर्दा कुनै मिडियामा रहेर काम गर्ने (समाचार लेख्ने) पत्रकारहरुको संख्या आधा पनि पुग्दैन । सल्यान जिल्ला वा बाहिर रहेर पत्रकारिता पेशा मै क्रियाशील पत्रकारहरुको संख्या ३९ जना मात्र देखिन्छ । कुनै मिडियामा आवद्ध नभएका मतदाताहरुको संख्या हेर्दा नयाँ सदस्यमा एक÷दुइ जना देखिए पनि अधिकांश संख्या नवीकरण हुँदै आएका मतदाताहरुमा देखिन्छ । यसको विपरित केही क्रियाशील पत्रकारहरुले भने सदस्यताबाट बञ्चित हुनु परेको गुनासो गरेका छन् ।  पत्रकार महासंघ शाखा सल्यानको यो अवस्थाले सदस्यतामा शुद्धिकरण गर्न आवश्यक रहेको जिल्लामा क्रियाशील एक पत्रकार बताउँछन् । छिटोखबर सँग कुरा गर्ने क्रममा उनले भने “भोटलाई मध्यनजर गरेर सदस्यता शुद्धिकरण नगरिएको हुन सक्छ ।”
पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतिक शर्मा सँग यस सम्वन्धमा प्रश्न गर्दा उनले शुद्धिकरणको लागि आफुले प्रयास गरेको तर औपचारिक प्रस्तावको रुपमा छलफल हुन नपाएको बताएका छन् । उनले भने “निष्क्रिय सदस्यहरुलाई स्वेच्छिक रुपमा सदस्यता परित्याग गर्नको लागि जिल्ला शाखाले आव्हान गरेको हो । त्यसमा साथीहरुले चाहना गर्नु भएन ।” अध्यक्ष शर्माले अहिले २०७७ सालको नवीकरणको सन्दर्भमा भने केन्द्रले नै कोभिडको कारण देखाएर सबैको नवीकरण हुने भन्ने निर्णय गरेपछि स्वत : सबैको नवीकरण भएको बताएका छन् । 
अध्यक्ष प्रतिक शर्माको नेतृत्वमा रहेको महासंघको वर्तमान कार्यसमितिमा समेत पदाधिकारी तथा सदस्य गरी ६ जना कुनै पनि मिडियामा क्रियाशील नरहेका व्यक्तिहरु रहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top