होमपेज / राजनीति

राष्ट्रपती भन्डारी र नेता खनाल बिच छलफल : खनाल आफ्नो अडानबाट पछि हटेनन

  छिटो खबर २०७७ चैत्र २१ गते शनिबार १७:३७:०४ मा प्रकाशित

काठमाडौं, २१ चैत्र । डल्लुस्थित निवासमै भेट्न आएकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेकपा एमालेका प्रभावशाली नेता झलनाथ खनालले दुई घन्टा छलफल गरे । भण्डारी वामपन्थी नेतृत्वको सरकार बचाउन अन्तिम प्रयासका साथ डल्लु पुगेकी थिइन् । जहाँ उनले विभिन्न विकल्पमा छलफल गरेको बुझिएको छ ।

सबैलाई एक कदम पछाडि हटेर सहमति निकाल्न सकिनेबारे भण्डारीले कुराकानी गरेको विश्वस्त स्रोतले जानकारी दिएको छ । जवाफमा खनालले आफू पुरानै अडानमा कायमै रहेको स्पष्ट पारेका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाबाट मार्ग खोल्न सकिने बताएका थिए ।

एमालेभित्र माधवकुमार नेपालसहित उनी पक्षीय नेताहरुमाथिको कारबाही फिर्ता गरेर अगाडि बढ्ने विकल्पबारे पनि कुराकानी भएको बुझिएको छ । कारबाही फिर्ता गरेर एमाले एकतावद्ध हुने र वामपन्थी नेतृत्वको सरकारलाई नै कायमै राख्नेबारे छलफल भएको विश्वस्त स्रोतले बताएको छ ।

खनाललाई वामपन्थी एकताका लागि भूमिका खेलिदिन समेत भण्डारीले आग्रह गरेकी थिइन् । जवाफमा खनालले पुरानै अडान दोहोर्याउँदै ओलीको राजीनामाबाट मार्ग खोलौं भन्ने जवाफ दिएका थिए ।

एमालेभित्र माधव नेपाल र उनीनिकटस्थलाई कारबाही गरिएपनि ओलीले खनाललाई कारबाही गरेका छैनन् । यसलाई अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top