होमपेज / राजनीति

एमाले (माधव पक्ष) सल्यानको अध्यक्षमा बोहरा

  छिटो खबर २०७८ बैशाख ४ गते शनिबार ०८:३२:२८ मा प्रकाशित

बैशाख ०३ सल्यान । एमालेमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले नौ प्रदेश (दुई गैरभौगोलिक), ६७ जिल्ला कमिटी, दुई महानगर कमिटी र पाँच जनवर्गीय संगठनको केन्द्रीय कमिटी पुनर्गठन गर्दै समानान्तर कमिटी बनाएको छ ।

सोही क्रममा उक्त समुहको सल्यान जिल्लाको अध्यक्षमा उदय बहादुर बोहरा चयन भएका छ्न । शुक्रबार निर्माण व्यवसायी संघ सल्यानको हलमा बोहराको नेतृत्वमा १३५ सदस्यीय समानान्तर जिल्ला कमिटी घोषणा गरिएको छ । एमालेको अधिवेशन बाट निर्वाचित अध्यक्ष गोबिन्द पुन ओली पक्षमा लागेपछि बोहरालाई नेपााल खनाल समूहले अध्यक्षमा मनोनीत गरेको हो ।

गत ४ र ५ चैतको राष्ट्रिय भेलाको निष्कर्ष बमोजिम प्रदेश, जिल्ला र जनसंगठन पुनर्गठन गर्ने अभियानलाई तीव्रता दिइएको जानकारीसहित खनाल–नेपाल समूहले आन्तरिक सर्कुलर जारी गरेको छ । वरिष्ठ नेता नेपालले सर्कुलर मार्फत कमिटी पुनर्गठन अभियानलाई वडा तहसम्म विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउँदै दुईमहिने पार्टी वैचारिक तथा संगठनात्मक सुदृढीकरण अभियान सञ्चालन गर्न निर्देशन दिएका छन् ।

२१ चैतमा बसेको खनाल–नेपाल समूहको स्थायी कमिटी बैठकले देशव्यापी रूपमा सो अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । अभियान सञ्चालनका लागि वैशाख दोस्रो सातासम्म प्रदेश, जिल्ला र जनसंगठनलाई बैठक राखेर वडा तहसम्मको योजना बनाउन नेपालले निर्देशन दिएका छन् ।

अभियान अन्तर्गत उपत्यकामा ९ वैशाखमा पार्टी स्थापना दिवसका सन्दर्भमा ‘प्रधानमन्त्री केपी ओलीले गरेको पार्टी विखण्डन र विसर्जनकारी कार्यका विरुद्ध’मा विशेष कार्यक्रम गर्ने, १३ वैशाखमा विराटनगरमा प्रथम जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आयोजना गर्ने, ३ जेठमा मदन–आश्रित स्मृति दिवसमा चितवनमा विशेष कार्यक्रम आयोजना गरिने जनाइएको छ । त्यस्तै, खनाल–नेपाल समूहले एक सय चारजना केन्द्रीय सदस्यका लागि कार्यविभाजनको गृहकार्य पनि अगाडि बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top