होमपेज / राजनीति

माधव पक्षबाट ओलिलाइ २४ घन्टे अल्टिमेटम, सांसदहरुले सामुहिक राजिना दिने

  छिटो खबर २०७८ बैशाख २६ गते आइतबार ०४:५१:५६ मा प्रकाशित

२६ वैशाख, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीलाई २ जेठ २०७५ मा फर्किन २४ घण्टे  डेटलाइन दिएको छ । नभए यो समूहका सांसदहरुले सामूहिक राजीनामा दिने बताइएको छ ।

शनिवार साँझ सकिएको नेपाल समूहका सांसदहरुको बैठकले आइतबार साँझसम्म पर्खने सहमति गरेको हो । ‘२ जेठ २०७५ मा केपी ओली फर्कन तयार नभए राजीनामा दिन तयार भएका छौं । तर भोलि साँझसम्म कुर्छौ’, एक सांसदले भने ।

उनका अनुसार ओली अडानमै रहिरहेमा आइतबार साँझ वा सोमबार विहानसम्म सांसदहरुले राजीनामा दिनेछन् । राजीनामा दिन सांसदहरुले प्रतिबद्धता नै जनाएका छन् । ‘सांसदको राजीनामा व्यक्तिगत रुपमा बुझाउनुपर्छ, तर हामी सवै सांसद राजीनामा दिन तयार भएका छौं’, ती सांसदले भने ।

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका निम्ति २७ वैशाखमा संसद्को विशेष अधिवेशन बोलाइएको छ । तर अहिलेकै अवस्थामा प्रधानमन्त्री ओलीलाई माधव नेपाल समूहका सांसदहरुले विश्वासको मत नदिने भएका छन् । ‘विश्वासको मत लिएपछि कारबाही अगाडि बढाउने योजनामा केपी ओली लाग्नु भएको छ । वार्ता पनि हामीलाई अल्मल्याउनकै निम्ति हुुँदैछ भन्ने सामुहिक निष्कर्ष हो’, बैठकमा सहभागी अर्का सांसदले भने ।

तर भोलि (आइतबार) पनि ओली पक्षसँग वार्तामा बस्न नेपाल समूहका नेताहरु तयार भएका छन् । बैठकमा नेताहरुले ओली पक्षका नेताहरुसँग वार्तामा गरिएको अडान र छलफलबारे सांसदहरुलाई ब्रिफिङ गरिएको थियो ।

अध्यक्ष ओली २ जेठको एमाले पार्टी संरचना, विधान र नेतृत्वमा फर्कन नचाहेको वार्तामा सहभागी नेताहरुको ब्रिफिङ थियो । २८ फागुन यता गरिएका निर्णय खारेज गर्दै अदालतको फैसला अनुसार एमालेको बैठक बसेर मात्रै अगाडि बढ्न सकिने अडानबाट पछि नहट्ने निर्णय पनि सांसदहरुको बैठकले निकालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top