होमपेज / राजनीति

गाउँपालिका अध्यक्ष विरुद्ध पक्राउ पुर्जी जारी

  छिटो खबर २०७८ असार १६ गते बुधबार १२:१३:२१ मा प्रकाशित

दाङमा गाउँपालिका अध्यक्ष विरुद्ध रकम हिनामिना को आरोपमा अदालतले पक्राउ पुर्जी जारी गरेकाे छ ।

दाङ देउखुरी जिल्ला अदालतले राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २० जना विरुद्ध पक्राउ पूर्जी जारी गरेको हाे । उनिहरुले सहकारी संस्थाकाे रकम हिनामिना गरेकाे अरोप छ ।

देउखुरी बचत तथा ऋण सहकारी संस्थाकाे ५ करोड बढि रकम हिनामिना गरेको अरोपमा गाउँपालिका अध्यक्ष सुवेदीसहित २० जनालाई पक्राउ गर्न अदालतले आदेश गरेको हाे ।

३५ दिने पक्राउ पूर्जी जारी गरेकाे अदालतले याे बीचमा पनि पक्राउ गरेर अदालतमा हाँजिर नगराए घरमै म्याद टाँगिने आदेश दिएकाे अदालतका श्रेस्तेदार धनसिंह गिरीले बताए ।

सहकारीको रकम हिनामिना गरेको आरोमा यसअघिनै ४ जना कर्मचारीलाई अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो ।

पक्राउ परेका पाँच जना मध्ये एक महिलालाई भने साधारण तारेखमा छोड्न अदालतले आदेश दिएको थियो । कर्मचारी र पदाधिकारीहरुसहित २५ जना विरुद्ध अदालतमा मुद्दा परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top