होमपेज / समाज

छाेरा नै चाहिन्छ भन्ने छैन : सल्यानमा छाेरीहरु नै बसे बाबाकाे क्रिया

  छिटो खबर २०७६ माघ १६ गते बिहीबार १७:१४:१८ मा प्रकाशित

माघ १६ सल्यान ।

हम्राे समाजमा छाेराले नै आमा बुवाकाे काज क्रिया गर्नुपर्छ भन्ने धारणा र संस्कार रहेकाे छ ।  तर समाजका संस्कार, परम्पराहरु तथा विविध धारणाहरु समय अनुसार अपर्याप्त र पक्षपाति सावित हुने गरेका छन् । यसैकाे फलस्वरुप शारदा नगरपालिका वडा नं २ खलङ्ग बजारकाे स्वर्गीय नरेश श्रेष्ठकाे घरमा भरखरका दुइ दिदी बहिनी सेताे कपडामा बसेकाे देखिन्छ । उनीहरु हाम्राे सामाजिक परम्परा र पितृसतात्मक धारणा तथा संस्कारलाइ चुनाैती दिंदै आफ्नाे स्व. पिताकाे काज क्रिया गरिरहेका छन् ।

छाेरीहरु क्रिया बसेकाे उसै पनि विरलै देखिए पनि सल्यानमा भने यसरी छाेरीहरु पिताकाे काज क्रियामा बसेकाे पहिलाे घटना हाे ।  गत शनिबार निधन भएका शारदा नगरपालिका वडा नं २ निवासी स्वर्गीय नरेश श्रेष्ठका दुइ छाेरीहरु २२ वर्षीय स्मृतिका श्रेष्ठ र २० वर्षीय इशु श्रेष्ठले स्व. बुवाकाे काज क्रिया गरीरहेका छन् । खलंगा बजारमा व्यवसाय गर्दै आएका एक सफल व्यवसायी श्रेष्ठका दुइ छाेरीहरु मात्र छन् । श्रेष्ठ घरमा एक्लै भएकाे अवस्थामा शनिबार राति उनकाे निधन भएकाे थियाे र अस्पतालले उनकाे फाेक्साेमा खाद्य पदार्थ सर्किएर गएकाेले निधन भएकाे जानकारी दिएकाे छ। श्रेष्ठ  दम्पत्तिले छाेरा नभए पनि त्यसकाे कमि महसुस नभएकाे श्रेष्ठकी श्रीमती बताउँछिन । कान्छी छाेरी इशु श्रेष्ठ सुरु देखि नै क्रिया बसेकी छिन भने जेठी छाेरी स्मृतिका शारिरीक अस्वस्थताका कारण पाँचाै‌ दिन देखि क्रिया बसेकी छिन ।

आफ्नाे बाबाले पहिले पनि आफुहरुलाइ म मरे पछि दाग बत्ती पनि तिमीहरु नै दिनु र काजक्रिया तिमीहरुले नै गर्नु भन्ने गरेकाे सम्झिंदै जेठी छाेरी स्मृतिकाले आफुहरुले बाबाकाे इच्छा पुरा गरेकाे बताउँछिन । उनी भावुक हु‌ँदै भन्छिन बाबाकाे आत्मलाइ शान्ति भयाे हाेला । बाबाकाे सन्तान भएपछि सबै कर्म काण्ड गर्नु आफनाे अधिकार र कर्तव्य भएकाे दिदी बहिनीकाे बुझाइ रहेकाे छ । 

उनीहरु सानै भएपनि उनीहरुकाे याे पाकाे निर्णयले समाजकाे धारणा, साेच र संस्कारमा सकारत्मक परिवर्तन ल्याउनेछ भन्ने कुरामा दुइ मत छैन । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top