होमपेज / समाज

सल्यान बुराँसेका एक युवाले गरे आत्महत्या

  छिटो खबर २०७७ असार १९ गते शुक्रबार १४:१२:१२ मा प्रकाशित

असार १९, सल्यान ।सल्यानमा एक युवाले झुण्डिएर आत्महत्या गरेका छन् ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका (२ बुराँसेका २० वर्षीय बिनोद ओलीले घर नजिकैको रुखमा झुण्डिएर विहीबार राति आत्महत्या गरेको सामुदायिक स्वास्थ्य इकाई दहखोलाका स्वास्थ्य इन्चार्ज चुडामणि बस्नेतले जानकारी  दिए ।

श्रीमती माइतीमा बस्दै आएकाले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । ओलीले एउटा सुसाइड नोट लेखेको बताइएको छ । उनले सुसाइड नोटमा श्रीमती अर्कैसंग लागेको कुरा थाहा पाएको र आफ्नो आखाँले अर्कैसंग गएको देख्न नचाहेकाले आफुले आत्महत्या हत्या गरेको उल्लेख गरेको स्वास्थ्य इन्चार्ज बस्नेतले जानकारी दिए ।

घटनास्थलमा अहिले प्रहरी आएर शव उठाउने कार्य गरिरहेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top