होमपेज / समाज

देशभर सलहले झन्डै एघार सय हेक्टर कृषि बालिमा क्षति

  छिटो खबर २०७७ असार १९ गते शुक्रबार १६:५२:३२ मा प्रकाशित

पुजा हमाल १९ असार, काठमाडौं ।

सलहले देशभर १ हजार ६३ हेक्टरको खेतीबालीमा क्षति पुर्‍याएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा बोल्दै कृषि सचिव राजेन्द्रप्रसाद भारीले मकवानपुर, दाङ, प्युठान र अर्घाखाँचीमा सलहले बढी क्षति पुर्‍याएको जानकारी दिए ।
सलहले दाङमा ५८० हेक्टर, प्युठानमा २८३ हेक्टर, मकवानपुरमा १ सय हेक्टर र अर्घाखाँचीमा १ सय हेक्टर कृषिबालीमा क्षति पुगेको उनले बताए । सलहले मकै र तरकारीमा बढी क्षति पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top