होमपेज / समाज

त्रिवेणी घटना अपडेट : आराेपीत महीला मिडियामा आइन

  छिटो खबर २०७७ असार २२ गते सोमबार १४:०३:०८ मा प्रकाशित

असार २२, सल्यान ।
त्रिवेणीको वडा कार्यालयमा यौनजन्य क्रियाकलापमा वडा अध्यक्ष सलग्न रहेको भन्ने घटनाले फरक रुप लिएको देखिन्छ । आरोपित महिलाले आइतबार आफ्नै घरमा विष सेवन गरेपछि घटना फरक देखिएको हो । बुधबार राती वडा कार्यालयमा वडा अध्यक्ष पर स्त्री सँग भेटिएको भनेर स्थानीयहरुले दुवै जनालाई कारवाहीको माग गर्दै नाराबाजी पनि गरेका छन् । स्थानीयहरुको जाहेरी पछि उनीहरुको मुद्दाको सन्दर्भमा हाल अनुसन्धान भईरहेको बताईएको छ । 
वडा अध्यक्ष छविलाल शर्मा सँग वडा कार्यालयमा भेटिएको आरोप लागेकी रमा रावतले भने आफुले गल्ती नगरेको र स्थानीयहरुले वडा अध्यक्ष र आफुलाई फसाउनको लागि यति गरिएको भन्दै मिडीयामा आएकी छिन् । उनले वडा अध्यक्ष सँग सहयोग माग्नको लागि गएको र उनी सँग कुरा गरिरहेको बेलामा एक्कासी आएर ढुंगा मुढा गरेपछि ज्यान जोगाउनको लागि कोठा भित्र पसेको र त्यही अवस्थामा स्थानीयहरुले बाहिरबाट थुनेको बताएकी छिन् । फोन गरेर केही व्यक्तिहरुले तनाव दिएपछि आफु सहयोग माग्न वडा अध्यक्ष सँग पुगेको उनको भनाई छ । मिडीया सँग बोल्दै आरोपीत रावतले आफुलाई अहिले पनि वडा अध्यक्षलाई फसाउनुपर्छ, तिमीलाई केही हुँदैन भनेर दवाव दिईरहेको बताएकी छिन् । आफन्त र गाउँलेहरुले घर घर्ने, कुटपिट गर्ने लगायतका शारिरीक र मानसिक तनाव दिने गरेपछि आफु विष पिउन बाध्य भएको रावतले बताएकी छिन् । हाम्रो लडाई छवि सँग हो, तिम्रो घरपरिवार हामी सबै मिलाइीदन्छौं भनेर केही व्यक्तिहरुले आफुलाई फकाएको पनि खुलासा गरेकी छिन् । 
स्थानीयहरुले उनीहरु सार्वजनिक स्थानमा यौनजन्य क्रियाकलापमा संलग्न भएको हुंदा कारवाही हुनुपर्ने भनी माग गर्र्दै आएका छन् । आरोपीहरु दुवै जनाले आफहरु निर्दोष रहेको र व्यक्तिगत पूर्वाग्रहका कारण आफुहरु माथि षडयन्त्र गरिएको बताएका छन् । 
यस सम्वन्धमा अनुसन्धान भईरहेको साथै आरोपीहरुको बयान लिने काम भईरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।  
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top