होमपेज / समाज

बढ्दाे ब्लात्कारका घटना प्रति मानवअधिकार कर्मीहरुकाे ध्यानाकर्षण : लकडाउन अवधीमा मात्रै सल्यानमा १४ वटा घटना

  छिटो खबर २०७७ भाद्र १० गते बुधबार १०:०७:४६ मा प्रकाशित

सल्यानमा पछिल्लो समय बलात्कारका घटनामा बढेको भन्दै जिल्लाका अधिकारीकर्मीहरुले आफ्नो ध्यानाकषर्ण भएको जनाएका छन् । मंगलबार विभिन्न अधिकारकर्मीहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै बलात्कार तथा बलात्कार प्रयासका घटना बढेको भन्दै आफुहरुको गम्भिर ध्यानाकषर्ण भएको जनाएका हुन ।

काेराेना महामारीमा भएकाे लकडान २०७६ चैत्र ११ देखि हालसम्म जिल्लाभर १४ वटा बलात्कार तथा बलात्कार प्रयासका घटना घटेको विज्ञप्तीमा उल्लेख गरिएको छ । संयुक्त प्रेस विज्ञप्तीमा महिला र बालबालिकाहरु आफन्त, छरछिमेकीहरुबाट नै बलात्कार तथा बला’त्कार प्रयासको शिकार हुनु परि रहेको उल्लेख गरिएको छ ।

विज्ञप्तीमा इन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकी, इन्सेक सहजकर्ता रामचन्द्र रेग्मी, गैसस महासंघ सल्यानका अध्यक्ष दिपेन्द्र शाहि, नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानका अध्यक्ष प्रतिक ईच्छुक शर्मा, महिला मानव अधिकार रक्षक सञ्जान सल्यानका अध्यक्ष सोबिता बस्नेत, दलित विकास समाज सल्यानका अध्यक्ष निम बहादुर नेपाली र बाल अधिकार संरक्षण तथा प्रवर्दनका लागि नागरिक समाज सञ्जाल सल्यानका सचिव गुमान सिंह नेपालीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

पछिल्लो समय बला’त्कार र बलात्कार प्रयास र घरेलु हिंसाका घटनाहरु बाहिर आएपनि पिडक पक्षको राजनीतिक दवाव, पैसाको प्रलोभन र डर त्रासको आडमा पिडित तथा उनको परिवारलाई धम्की दिदै मुद्या फिर्ता लिन तथा बयान बदल्न दवाव तथा कुटपिटसम्मका घटना भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस्ता घटनामा राजनीतिक दवाव, पैसाको प्रलोभन र डर त्रासको आडमा पिडित तथा उनको परिवारलाई धम्की दिदै मुद्या फिर्ता लिन तथा बयान बदल्न दवाव दिने र  कुटपिटसम्मका घटना संलग्न जो कोहीलाई हदैसम्मको कारवाहीको माग समेत गरिएको छ ।

बालअधिकारको संरक्षण र सम्बर्धन गर्न सबै स्थानीय प्रशासन तथा स्थानीय सरकारललाई अनुरोध गर्दै अधिकारकर्मीहरुको अनुगमन कार्यको वातावरण बनाउन समेत माग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top