होमपेज / समाज

सल्यान ग्यालरीबाट आस्थालाइ ६० हजार बढी सहयाेग हस्तान्तरण

  छिटो खबर २०७७ भाद्र १८ गते बिहीबार २१:०६:५६ मा प्रकाशित

सल्यान ग्यालरी परिवारले ब्लड क्यान्सर पिडीत एक महिलालाइ ६० हजार बढी सहयाेग उपलव्ध गराएकाे छ । ब्लड क्यान्सरबाट थलिएकी  शारदा नगरपालिका वडा नम्बर १ आस्था बोहरा बि.क काे उपचार सहयाेगकाे लागि रकम सं‌कलन गरेर उपलव्ध गराएकाे ग्यालरीका सदस्य बुलन्द बाबु सेजवालले बताएका छन ।  ब्लड क्यान्सर पीडितलाई सल्यान ग्यालरीले रु ६०,५५७ सहयोग गरेको बताइएकाे छ ।

सल्यान ग्यालरीले अशक्त र असहायहरुका लागि विभिन्न समयमा यस्ताे सहयाेग गर्दै आएकाे छ । संकलित रकम हस्तान्तरण गर्दै ग्यालरी परिवारले श्रीनगर बासि व्यापारीहरु र बैंकिंग संघ सस्था लगायत सबैलाइ धन्यवाद दिएकाे छ । सल्यान ग्यालरी सामाजिक अभियान्ताहरुकाे समूहकाे रुपमा परिचित छ । 

ग्यालरी परिवारले सेवा नै धर्म हाे भन्ने साेचका साथ पीडित  विरामीलाइ सहयाेग  गरिदिन अन्य सबैलाइ अनुराेध गरेकाे छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top