होमपेज / समाज

काेराेेना अपडेट : देश भरी ४७ हजार स‌क्रमित, निकाे हुनेकाे संख्या ३० हजार

  छिटो खबर २०७७ भाद्र २२ गते सोमबार १९:१५:१२ मा प्रकाशित

२२ भदौ, काठमाडौं । 
पछिल्लो २४ घण्टामा  देशभर ९७९ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । 
काठमाडौंमा मात्रै २९३ जना, ललितपुरमा २० र भक्तपुरमा १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभरका प्रयोगशालामा ९ हजार २१८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त भई १७ सय ३६ जना डिस्चार्ज भएका छन् । सोमबारसम्म डिस्चार्ज हुनेको संख्या ३० हजार ६७७ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top