होमपेज / समाज

बागलुङमा सोमबार फेरि भयङ्कर पहिरो

  छिटो खबर २०७७ भाद्र २९ गते सोमबार ०९:५८:०६ मा प्रकाशित

२९ भदौ, काठमाडौं । अविरल वर्षाका कारण आएको पहिरोले बागलुङमा घरहरु पुर्नुको साथै एक जना बेपत्ता बनाएको छ । बाग्लुङको जैमिनी नगरपालिका–१ कुश्मिशेरा स्थित टुनीबोटमा  सोमबार बिहान को पहिरो बाट पाँच घर पुरिएका छन् भने एक जना बेपत्ता भएका छन् ।

पहिरोले घर पुरिँदा ६१ वर्षीय हरिकृष्ण पौडेल बेपत्ता भएको जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले जानकारी दिए । उनका अनुसार परिवारका अन्य पाँच सदस्य भने सकुशल छन् ।

नगरप्रमुख पौडेलका अनुसार घटनास्थलमा उद्धार कार्य जारी छ । उद्धार कार्यमा नेपाली सेना, प्रहरी र स्थानीय खटिएका छन् ।

आज बिहानको पहिरोले पवित्रादेवी शर्मा, इन्द्र शर्मा, रत्नबहादुर क्षत्री र तारादेवी क्षत्रीको घरमा पूर्णरूपमा क्षति पुर्याएको छ ।

हिजो आइतबार पनि बाग्लुङको टुनिबोटमै पहिरोले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको थियो । आइतबार पहिरोले तीन घर भत्काएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top