होमपेज / समाज

चरेस सहित दुई महिला पक्राउ

  छिटो खबर २०७७ आश्विन ७ गते बुधबार १९:१६:५५ मा प्रकाशित

कपिलवस्तु।कपिलवस्तुको कृष्णनगरमा ३७ केजि चरेस सहित २ जना महिला पक्राउ परेका छन। इलाका प्रहरी कार्यालय  कृष्णनगरले कार्यालय अगाडि जाँच गर्ने क्रममा पक्राउ गरेको हो।
पक्राउ पर्ने मकवानपुर मनहारी गा।प। ९ बस्ने वर्ष  ४० कि शान्ति तामाङ र रोल्पा घर भई हाल शिवराज नगरपालिका ९ बनियाभार बस्ने वर्ष ३५ कि बसन्ती घर्तिलाई ३७ किलो चरेस सहित पक्राउ गरिएको इप्रका कृष्णनगरका प्रहरी  निरक्षक  प्रताप पौडेलले बताए।
त्यस्तै कपिलवस्तुमा प्रहरिले सोमबार यशोधरा ७ मर्यादपुरबाट लागू औषध सहित २ भारतीय नागरिक पक्राउ गरेको थियो।ब्राउन सुगर बिक्री गर्ने उद्देश्यले सिमाबर्ती बजार मर्यादपुर पुगेका दुबै जनालाई जिल्ला कपिलवस्तुको सुराकिको आधारमा पक्राउ गरिएको थियो। पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर बस्ने वर्ष २५ का नियाज धुनिया र वर्ष २० का अजमेरी धनिया रहेका छन।उनिहरुको साथबाट प्रहरिले २७ ग्राम ब्राउन सुगर बरामद गरेको छ।धागोले बेरिएको अवस्थामा ८ ओटा पोका बनाई पलास्टिकमा राखी लुकाएर राखेका थिए।

पक्राउ परेकालाई जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान गर्न सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top