होमपेज / समाज

लकडाउनका कारण रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक

  छिटो खबर २०७७ आश्विन ९ गते शुक्रबार १८:४७:४५ मा प्रकाशित

काठमाडौ ।लोकसेवा आयोगले लकडाउनका कारण रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक गरेको छ। आयोगले आज शाखाअधिकृत, नायब सुब्बा र स्थानीयतहतर्फ सहायक महिला विकास निरीक्षकपदको परीक्षा तालिका सार्वजनिक गरेको हो।
आयोगका सुचना अधिकारी देवीप्रसाद सुवेदिका अनुसार न्याय सेवातर्फका अधिकृत पदको पहिलो,दोस्रो र तेस्रो पत्रको परीक्षा   क्रमशः कात्तिक १८,१९ र २० गते हुनेछ।व्यवस्थापिका संसदतर्फ आन्तरिक प्रतिस्पर्धाको पहिलो पत्रको परीक्षा कात्तिक २१ गते र दोस्रो पत्रको परीक्षा कात्तिक २२ गते हुनेछ।यसैगरी परराष्ट्र,प्रशासन,लेखापरीक्षण र संसद सेवातर्फ खुला तथा समावेशी परीक्षा कात्तिक २३ गते सुरु हुनेछ।नायब सुब्बा पदको द्वितियपत्रको परीक्षा मंसिर ७ गते हुनेछ।तृतीय पत्रको परीक्षा मंसिर ८,९,१० र ११ गते तोकिएको छ।
परराष्ट्रतर्फ अङ्ग्रेजी र कुटनिती विषयको परीक्षा भने मंसिर १२ गते हुने आयोगले शुक्रबार जारी गरेको सुचनामा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top