होमपेज / समाज

काेराेना नियन्त्रणकाे लागि सल्यानमा प्रशासन स‌ंगै राजनैतिक दल पनि एकवद्ध

  छिटो खबर २०७७ आश्विन १० गते शनिबार ०९:५९:३० मा प्रकाशित

असोज १०, सल्यान । 
सल्यानमा कोभिड १९ को संक्रमण नियन्त्रणको सन्दर्भमा प्रशासन र राजनैतिक दलहरु एकवद्ध देखिएका छन् । विहीबार जिल्ला प्रशासन कार्यालयले जिल्ला भरी सभा, सम्मेलन, भोज भतेर आदि नगर्न नगराउन अनुरोध गर्दै सूचना जारी गरे पछि नेपाली कांग्रेस निर्वाचन क्षेत्र नंं २ क्षेत्रीय कार्यसमितिले राजनैतिक कार्यक्रमहरु स्थगित गरेको छ । नेपाल तरुणदलले पनि जिल्ला भरी सन्चालन भईरहेको संगठन विस्तार अभियान स्थगित भएको जानकारी गराएको छ । यसको लगत्तै नेकपा सल्यानले पनि असोज २२ गते सम्मको लागि पार्टीका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको जानकारी गराउँदै सूचना प्रकाशन गरेको छ । 
सल्यानको शारदा नगरपालिका वडा नं. २ डाँडागाउँमा ३ जनालाई को'रोना पोजिटिभ देखिए पछि जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशन गरेको थियो । प्रशासनको निर्णय सँगै ठुला दल हरु नेकपा र नेपाली काँग्रेसले पनि आ–आफ्ना पार्टीका कार्यक्रमहरु स्थगित गरेपछि प्रशासनलाई सहज भएको छ । यस अघि सल्यानमा पार्टीहरुले आफ्ना सभा तथा कार्यक्रमहरु गरिरहँदा सर्वसाधारणहरुमा असन्तुष्टि देखिएको थियो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top