होमपेज / समाज

नेपाली पूर्वराजदूत भण्डारी को निधन

  छिटो खबर २०७७ आश्विन १० गते शनिबार १७:४०:०२ मा प्रकाशित

काठमाडौं । पूर्व राजदूत पुष्करमान सिंह राजभण्डारीको निधन भएको छ । उपचारका क्रममा गए राति निधन भएको परिवारले जनाएको छ । पाकिस्तानका लागि नेपाली पूर्वराजदूत राजभण्डारीले अफगानिस्तान, टर्की, ईरानका लागि राजदूतको भूमिका निर्वाह गरेका थिए ।

पूर्व राजदूतहरूको संस्थाका अध्यक्ष समेत रहेका राजभण्डारीले परराष्ट्र मन्त्रालयमा १९७१ देखि २००६ सम्म विभिन्न पदमा रहेर काम गरेका थिए । राजभण्डारीको श्रीमती र चार छोराछोरी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top