होमपेज / समाज

एकाबिहानै १ वर्षीय बालक जङलमा बेवारिसे भेटिए

स्थानीय हमालले राइलाइ खबर गरेका थिए ।

  छिटो खबर २०७७ आश्विन १९ गते सोमबार ०८:३३:२९ मा प्रकाशित


सल्यान १९,असोज।सल्यानमा एक बालक बेवारिसे अवस्थामा भेटिएका छन । खलंगा र श्रीनगर सडकमा पर्ने मैसेपानी असपासमा विहान ६ बजे अन्दाजी १ बर्षको वेवारिसे वालक फेला परेका हुन । 
विहान मर्निङवाकमा हिडेका स्थानीय प्राण कुमार राई लगायतका युवाहरुले अन्दाजी १ बर्षको बालक भेटेपछी शारदा नगरपालिकाका नगर प्रमुख प्रमुख सुरेश अधिकारी लाई खवर गरेका थिए । शारदा नगरपालिका मैसेपानी निवासी दिवाकर हमाल श्रीनगर जादै गर्दा बच्चा रोइरहेको सुने पछि उनले मर्निङ वाकमा हिडेका राइको टोलिलाइ भनेका थिए । बिहान राम्रो सङ्ग उज्यालो बसि नसकेको ले आफू एक्लैले रोइरहेको आवाज को खोजी गर्न अप्ठेरो भएकोले राइलाइ भनेको हमालले बताएका छन । नगर प्रमुख अधिकारीको पहलमा सल्यान प्रहरीले बच्चालाइ सल्यान अस्पताल पुर्याइएको हो । बालकको अविभावक सोधिखोजि गरिदिन नगरप्रमुख अधिकारीले सवैमा अनुरोध गरेका छन । 
बालक कसको हो र जंगलमा किन फालिएको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको सल्यान प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक गोविन्द थापा क्षेत्रीले जानकारी दिएका छन । प्रहरीका अनुसार बालकको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top