होमपेज / समाज

सल्यानको एक जङ्गलमा बेवारिसे अवस्थामा फेला परेको बालकको खुल्यो पहिचान

  छिटो खबर २०७७ आश्विन १९ गते सोमबार १३:०९:५२ मा प्रकाशित

सल्यान १९,असोज।बेवारिसे अवस्थामा फेला परेका भनिएका नवजात शिशुकी आमालाइ प्रहरीले पक्राउ गरेको छ । श्रीनगर र खलंगा सडकमा पर्ने मैसेपानी असपासमा जंगलमा विहान ६ बजे वेवारिसे अवस्थामा फेला परेको बालक एक महिनाको रहेको प्रहरीले जनाएको छ । बेवारिसे बालककी आमा ३५ वर्षीया महिला शारदा नगरपालिका वडा नम्बर २ निवासी रहेको खुल्न आएको छ ।

करिब एक वर्ष अगाडी कामको सिलसिलामा भारतमा रोजगारीको सिलसिलामा गएकी ती महिलाको भारतमा सल्यानकै एक पुरुषसंगको अवैध सम्बन्ध बाट बच्चा जन्मिएको र घर फर्किने बेला अरुले थाहा पाउँछन भनेर बच्चालाइ जंगलमा फालेको ती महिलाले प्रहरीलाइ बताएकाे जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी इन्सपेक्टर लक्ष्मण वलीले जानकारी दिए।

आर्थिक अवस्था कमजोर रहेकी ती महिलाको पहिलो विवाह बाटपनि तीन सन्तान रहेको र पति संग सम्बन्ध विच्छेद भएपछि बच्चाहरुको पालनपोषणका लागी रोजगारीको लागी भारतमा गएको ती महिलाले प्रहरीलाइ बताएकी छन् ।
भारतमा संगै काम गर्न गएका ती पूरुषसंग को अवैध सम्बन्ध बाट जन्मिएका बालकलाइ लिएर भंसार सम्म संगै आएको र त्यसपछी  दबैजना छुट्टाछुट्टै घर फर्किएका हुन् ।

पति संगको सम्बन्ध विच्छेद पछि माइतीमा बस्दै आएकी ती महिलाले घर पुग्दै गर्दा आइतबार बेलुका ६ बजेनै बच्चालाइ जंगलमा छोडेर घर फर्किएको प्रहरीलाइ बताएकी छन् । आरोपित पूरुष जिल्लाकै एक क्वारेन्टाइनमा रहेको र घटना बारे थप अनुसन्धान गरी प्रकृया अगाडी बढाउने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सालघारी जंगलमा सोमबार बिहान ती बालक रुँदै गरेको अवस्थामा फेला परेपछि जिल्ला अस्पतालमा राखिएको थियो । बालकलाइ बिहान ल्याक्टोजिन खुवाइएको र स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानका डाक्टर भिमकान्त जैशीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top