होमपेज / समाज

नेकपा सचेतक शान्ता चाैधरी आइसियूमा

  छिटो खबर २०७७ आश्विन २४ गते शनिबार १०:३९:०५ मा प्रकाशित

२४ असोज, काठमाडौं । लुम्विनी प्रदेश नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयुमा सारिएको छ ।

काेराेनाबाट संक्रमित चाैधरीलाइ चौथो दिनमा पनि केही सुधार नआएपछि गएरातिदेखि आइसीयूमा सिफ्ट गरिएको उनको सचिवालयले जनाएको छ । चौधरीको उपचार बीर अस्पतालमा हुँदै आएको छ ।

उनले यसअघि आफूलाई श्वास फेर्न गाह्रो भएकाले फोन नगरिदिन सामाजिक सन्जालमार्फत् आग्रह गरेकी थिइन् ।

चौधरीमा यही असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा कोरोनाको लक्षण देखिएको थियो ।

शान्ता चौधरी स्तन क्यान्सरबाट समेत पीडित भएकी थिइन् । उनले क्यान्सरको उपचार भारतको नयाँदिल्लीमा गराएकी थिइन् । क्यान्सर रोगको उपचारका लागि सरकारले दिएको पाँच लाख रकम बचेपछि उनले सरकारलाई नै फिर्ता गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top