होमपेज / समाज

सिन्धुलिमा लागु औषधसिहत दुईजना पक्राउ

  छिटो खबर २०७७ कार्तिक २ गते आइतबार १८:३३:०८ मा प्रकाशित

सिन्धुलीमा लागु औषधसहित दुईजना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–३ बस्ने ३१ वर्षका राजेश राम र २९ वर्षका राम अयोध्या रहेका छन् । उनिहरुलाई बर्दिबासबाट काठमाडौँ तर्फ जाँदै गरेको ना १ ज ६८१७ नम्बरको सुमो गाडी चेकजाँच गर्ने क्रममा वीपी राजमार्ग अन्र्तगत पर्ने सुनकोशी गाउँपालिका–१ दुम्जाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । उनिहरुको साथबाट प्रहरीले नाईट्रोभेट ५० पत्ता, १ हजार पाँच सय थान एम्पुल डाईजोपाम ८ सय २५ थाना, नोर्फिन ९ सय २६ थान, फिनारगन ८ सय ६ थान गरी ४ हजार ५७ थान लागुऔषध नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक श्यामबहादुर खत्रिले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top