होमपेज / समाज

तरुण नेता भरत चलाउने द्वरा विपतमा परेका परिवारलाई राहत सहयोग

  छिटो खबर २०७७ कार्तिक ३ गते सोमबार २१:०९:४५ मा प्रकाशित

कार्तिक ३,सल्यान।सल्यानको सिद्धकुमाख गाउँपालिका बाँँझकाँँडामा राहत कार्यक्रम सम्पन्न भएको छ।
गत साउन २ गते वर्षातका कारण घर भत्किएका पिडित एक परिवारलाई राहत वितरण गरिएको छ।सिद्धकुमाख गाउँपालिका १ उपल्लो बाँँझकाँँडा निवासी रत्न बहादुर बुढाथोकीलाई तरुण नेता भरत चलाउनेले दश हजार र नेपाली काङ्ग्रेस सिद्धकुमाख तथा तरुणदल सिद्धकुमाखले संयुक्त रुपमा आठ हजार सहयोग रकम हस्तान्तरण गरेका छन् ।
राहत सहयोग कार्यक्रम को सञ्चालन सिद्धकुमाख गाउँपालिका वडा नंं १ नेपाली काङ्ग्रेसका सचिव डिल्ली चलाउनेले गरेका थिए।उक्त कार्यक्रममा प्रमुख अथिती प्रदेश सभा सचिव क्षेत्र नं १ `क´सल्यानका महेश बुढाथोकी थिए भने अथितिहरु नेपाली काङ्ग्रेस सिद्धकुमाखका सभापति झुपलाल थापा,नरविर चलाउने ,सिद्धकुमाख नेपाल तरुण दलका अध्यक्ष राजेश डि।सि।,सिद्धकुमाख तरुण दलका उपाध्यक्ष धनेश बुढाथोकी ,कोषााध्यक्ष सुकलाल बुढाथोकी ,सुवास बुढाथोकी ,सञ्जय बस्नेत,निराजन रावतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top